Aamsanchar

पोखरा विश्वविद्यालय बायो मेडिकल विद्यार्थी सङ्गठनद्वारा निशुल्क स्वास्थ्य शिविर सञ्चालन

Author Image
आइतवार, मंसिर १८, २०७९

पोखरा । पोखरा विश्वविद्यालय बायो मेडिकल विद्यार्थी सङ्गठनले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शनिवार पोखरा १७ स्थित मानव सेवा आश्रम परिसरमा पोखरा विश्वविद्यालय स्कुल अफ हेल्थ, अफ अल्लाइड साइन्सेज अन्र्तगत स्थापित संस्था, पोखरा विश्वविद्यालय बायो मेडिकल संगठनको आयोजनामा शिविर सम्पन्न भएको हो ।उक्त अवसरमा युरिक एसिड, सुगर, ब्लड प्रेसर, BMI लगायत होल वडी चेकअप गरिनुको साथै स्वस्थ सम्बन्धी सचेतना समेत प्रदान गरिएको थियो ।

स्वास्थ्य शिविर कार्यक्रममा स्कुल अफ हेल्थ एण्ड अल्लाइड साइन्स की निर्देशक विमला भट्ट, BSC.MLT का कार्यक्रम संयोजक सन्तोष कुमार गुप्ता, डा. शृङ्खला तिमिल्सिनालगायत सहभागी भएका थिए । त्यस्तै नवसैनिक फार्मेसी एण्ड डेन्टल क्लिनिक, विपिन वाग्ले, सन्दिप पोखरेल, कृष्णा बस्ताकोटी, महेश अधिकारी लगायतको विशेष सहयोग रहेको थियो । फेवा सिटि हस्पिटल एण्ड रिचर्स सेन्टरले शिविरमा विशेष सहयोगी भूमिका निर्वाह गरेको थियो ।

निशुल्क स्वस्थ शिविरको संयोजकत्व रोशन पाण्डेले गरेका थिए भने कार्यक्रमको सञ्चलन सुस्मिता बरालले गरेकी थिइन ।

 

Views: 278

प्रतिक्रिया (०)

सम्बन्धित खबर