Aamsanchar

बाहुनडाँगी हात्ती समस्या : ‘नेताले सुने जस्तो गर्छन, केन्द्र सरकारले बुझनै चहादैन’ 

Author Image
शुक्रवार, असोज १९, २०८०

बिर्तामोड । नेपालको सुदुर पूर्व मेचीनगर नगरपालिका बाहुनडाँगी क्षेत्रमा हात्ती समस्या आजभोलीको होइन, स्थानीयले गुहार मागेको र मिडियाले डङ्का बजाउदै आएको चार दशक भन्दा धेरै भई सक्यो, रविन कार्की (हाल स्व.) ले लेखेको बाहुनडाँगी सेरोफेरो किताबमा उल्लेख भए अनुसार  २०३४ सालमा स्थानीय यशोदा विश्वकर्मालाई हात्तीले पहिलो पटक मारेको थियो ।

यस अवधि भित्र बाहुनडाँगी क्षेत्रमा  १९ जना स्थानीयहरूलाई हात्तीले मारिसकेको छ । १० जना घाइते अंगभंग भएका छन । हाल  ५ जना बितिसके भने, ५ जना जीवितै छन् ।  हात्तीको वितण्डा झन बढ्दो छ ।  ‘बाहुनडाँगी हात्ती समस्या, नेताले सुने जस्तो गर्छन, केन्द्र सरकारले बुझनै चहादैन’ स्थानीय जनप्रतिनिधिहरूको भनाई छ  ।

यतिबेला ७० वटा भन्दा धेरै जंगली हात्तीहरू बाहुनडाँगीमा ससुराली आए जस्तै गरि मिठो मसिनो अन्न बाली खादै बरालि रहेका छन् ।  हात्तीको उग्रता बढेको र आक्रामक हुलले कृषकले दुःखले लगाएको धानबाली एकै रातमा सखाप पार्ने डरले त्यहाँका कृषकहरू रातभरि हात्ती बाट बाली जोगाउन ज्यानकै बाजी मारेर मेची बगरमा कराई रहेका हुन्छन ।

हात्ती खेदाउन रात्रीकालिन गस्तीमा खटिएका स्थानीय युवाहरु ।

यसैबीच  हात्ती आतङ्कको पीडालाई नेपाल सरकारले सुनवाई नगरेको भन्दै झापा बाहुनडाँगी बासीले ‘हात्ती सँग पत्रकार’ कार्यक्रम आयोजना गरेर आफ्नो समस्याहरू पत्रकारहरू समक्ष राखेका छन्  । स्थानीय, प्रदेश र संघीय तीनै तहको सरकारले हात्ती पीडितको आधारभुत विषयमा उपयुक्त वातावरण बनाउन प्रयास नगरेको भन्दै सरकारलाई ध्यानाकर्षण गराउन पत्रकार भेटघाट कार्यक्रम आयोजना भएको हो ।
प्रायः साँझमा हात्ती आउने भएकाले बिहीबार बेलुका ७ बजे मेचीनगर–४ ले बाहुनडाँगीको हात्ती प्रवेश गर्ने गौंडामै झापाली पत्रकारहरूसँग गुनासो राखेको थियो । सयौँ बिगाहामा लगाएको बाली हात्तीले खाएर नस्ट गर्दै आएको छ । हात्तीले बाली नस्ट गरेपछि कतिपय कृषकले बाली परिवर्तन गरेका छन्  भने कतिपयले  उर्वर जमिनलाई बाझो राख्न बाध्य भएको कृषकको गुनासो छ ।

हात्ती आए नआएको ठम्याउँदै पत्रकारहरू । 

स्थानीय तहसँग स्थानीयको पीडालाई सम्बोधन गर्नसक्ने कुनैपनि श्रोत नै छैन, पत्रकार भेटघाटमा मेचीनगर –४ का वडाध्यक्ष अर्जुन कार्कीले भने, ‘कयौं पटक हात्तीको पीडा सबै तहका सरकारलाई ध्यानाकर्षण गराएकै छौ, हालसम्म कुनैपनि सरकारले समस्याको निकासका लागि पहल गरेका छैनन् । हात्तीमात्र वडाको रुपमा विकास गर्दै नोक्सान पुर्याउँदै आएको हात्तीलाई हात्ती पर्यटनको माध्यमबाट हात्ती र मानवको सहअस्तित्व कायम राख्ने हामी सँग योजना छ तर केन्द्र सरकारले कुनै चासो देखाउदैन । स्थानीयको गाँस, बास, कपास र शिक्षा, स्वास्थ्य तथा रोजगार, सुरक्षाका लागि आयमूलक श्रोतमा लगानी गर्न तयार नै हुदैन सरकार । संघीय र प्रदेश सरकारले ठोस कदम नचालेकाले हात्तीको समस्या समाधान गर्नतर्फ गम्भीर बन्न सबै सरोकारवालालाई अध्यक्ष कार्कीले आग्रह गरेका छन् ।

सधैँ दिन र रातमा ठूलो धनजन र गासबाँसको क्षति पुर्याउँदै आएकाले राज्यको ध्यानाकर्षण गराएको त्यसलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइएको नेपालतर्फ (आरआर।टी) का संयोजक न्युटन कार्कीले बताए ।

विद्युतिय तराबार ।

हात्ती छेक्न निर्माण गरिएको करिब १७ किलोमिटरको विद्युतीय तारबार पनि दैनिक क्षति गरेकाले थप समस्या भएको मानव हात्ती द्वन्द्व व्यवस्थापन समितिका अध्यक्ष सागर कार्कीले बताए ।
हात्तीले दैनिक करिब २० हजार भन्दा बढीको विद्युतीय तारबारमा क्षति पुर्याउन थालेको छ, वर्षमा सरदर १३ हजार वटा हात्ती बाहुनडाँगीमा ओहोरदोहोर गर्ने गरेको, वार्षिक २ करोड ५० लाख जति बाली, धनको क्षती हुने गरेको अध्यक्ष कार्कीको भनाई थियो ।

प्रतिकात्मक तस्वीर ।

बाहुनडाँगी क्षेत्र हात्तीका कारण धेरै नै प्रताडित हुँदा पनि राज्यको गम्भीर ध्यानाकर्षण नभएको मेचीनगर–२ का वडाअध्यक्ष दीपक बरालको भनाई छ । राहत पाउने व्यक्तिको नामसमेत आउँदा पनि त्यो राहत लिन अति झन्झटिलो प्रक्रियाले थप पीडा दिएको उनको भनाई छ ।

हात्ती तारबारले केही रोकथाम गरेपनि हुलहुज्जमा आएका जंगली हात्तीले तारबारमा दाह्रा प्रयोग गर्ने भएकाले त्यसको विकल्प खोज्नै पर्ने स्थानीयको भनाई छ ।

हात्ती नियन्त्रणको लागि राज्यको तर्फबाट १० करोड खर्च भएको छ । तर त्यो खर्च अनुसार हात्तीले गर्ने क्षति कम भएको छैन । हात्तीबाट हुने क्षति कम गर्ने वा नियन्त्रण गर्ने हो भने पञ्च वर्षे प्रोजेक्ट चलाएर मात्र समस्या निराकरण गर्न सकिने स्थानीय सामाजिक अगुवाहरूको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
Views: 263

प्रतिक्रिया (०)

सम्बन्धित खबर