बिर्तामोड। पूर्वी पहाडी जिल्ला पाँचथरको फिदिम नगरपालिका ८ मा रहेको साधुटार घुमघामका लागि आन्तरिक पर्यटकहरूको एक गन्तव्यका रूपमा स्थापित भएको छ ।

पहाडको टाकुरामा सामान्य पोखरी भएपनि प्राकृतिक वातावरणीय हिसाबले निकै सुन्दर छ साधुटार पोखरी । पोखरीको पृष्ठभूमिमा रहेका कञ्चनजङ्घा र कुम्भकर्ण हिमशृङ्खलाको दृश्यसँगै पोखरी भित्र देखिने हिमाल र निलो सेतो बादलको प्रतिछायाँले त्यहाँ पुग्नेको मन लोभ्याउँछ ।

साधुटार पाँचथरसँगै इलाम, झापा, मोरङदेखि तेह्रथुम र ताप्लेजुङका आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ ।




साधुटार सम्म साना ठूला सवारी साधनहरू सहजै पुग्गे माटो निर्माण भएपछि वनभोजका लागि जानेहरूको संख्या पनि बढेको स्थानीय प्रेम लिम्बुको भनाई छ ।
तस्वीरहरु : आमसंचार
Views: 147

