Aamsanchar

गरिब, स्वाभिमानी भएकै कारण मेचीनगरका सुजनले अर्को खुट्टा पनि कटाउनु पर्ने भयो 

Author Image
शुक्रवार, साउन ११, २०८१

बिर्तामोड । झापा मेचीनगर नगरपालिका १२ कालिझोडाका सुजन खड्काको दैनिकी रोएरै बित्तै आएको छ ।
उमेरले २८ वर्ष पुगेका सुजन अरु गाउँले साथीभाइहरू जस्तै श्रम र रोजगारी गरेर परिवारलाई सहयोग गर्न चाहन्थे, चार वर्ष अघि सम्म परिवारको सहयोगी, सहारा बन्दै आएका पनि थिए । निर्माण मजदुरी र घरायसी काममा रमाई रहेका उनी विपन्न परिवारका भएपनि आफ्नो स्वस्थ जीवनका कारण खुसी थिए ।  तर उनको जीवनको खुसी सामान्य गल्तीका कारण खोसिएको छ । त्यसैले आजभोली उनी रुदै दिन काट्न बाध्य छन् ।

२०७८ साल असार महिनामा बारीमा काम गर्दा फरुवाले दाहिने खुट्टाको औलामा काट्यो ९चोट० लाग्यो । त्यो चोट सामान्य थियो । ग्रामीण क्षेत्रमा कृषि कर्म गर्दा यस्तो चोटहरू धेरै खप्नु नै पर्ने हुन्छ । चोट लागेको ठाउँमा घरेलु औषधि, मेडिकल औषधि लगाउने, खाने गरिन्छ, कतिपयले धोई पखाली केही ओखतीमुलो नगरी चोट आफै निको हुनेगरेको धेरै घटनाहरू देख्न र सुन्न पाइन्छ । त्यस्तै सामान्य चोट आफै निको होला भन्ठानेर सुजनले कुनै औषधिमुलो गरेनन्, सामान्य चोटलाई वेयवस्था गरेका सुजनले क्रमश खुट्टा गुमाउँदै जानुपरेको छ, शारीरिक अवस्था असामान्य बन्दै गएको छ ।

तीनवर्षे अघि फरुवाले काटेको ठाउँ कालो हुँदै औलाहरु मर्न थालेपछी उपचार गर्न मेची अस्पताल पुगेका सुजनको एउटा औंला काट्नु पर्ने भएपछि बूढी औंला काटियो ।  इन्फेक्सनको कारण नसा बिग्रदै गएको मेची अस्पतालका डाक्टरले जानकारी गराए । थप उपचारको लागि विपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान जान रेफर लेखिदिए । सुजन उपचारको लागि धरान पुगे, धरानमा सिटी स्क्यान गरेपछि नसाहरू मर्दै गएको, क्रमश सबै शरीरमा इन्सफेक्सन फैलिदै जाने खुट्टाको पैतालाको आधा भाग सम्म काट्नु पर्ने डाक्टरले  सल्लाह दिएपछि सो बेला सुजनले आफन्त, छरछिमेकीसँग आर्थिक सहयोगको अपिल गरेका थिए । सुजनको गरिबी अवस्थालाई बुझेर मनकारीहरुले थोरै थारै सहयोग हुँदा ५ लाख माथि आर्थिक सहयोग सङ्कलन भएपछि दाईने खुट्टाको पैतालाको आधा भाग काटियो । त्यसपछि त्यो खुट्टामा इन्सफेक्सन फैलिन रोकियो ।

२०८१ कार्तिकमा हिड्ने क्रममा ढुंगामा देब्रे खुट्टा ठोक्किँदा औलाको नङको भाग पिलियो, त्यसपछि त्यो खुट्टामा पनि इन्फेक्सनको असर देखा पर्यो, इन्फेक्सनको असर देखिए पछि अर्को खुट्टाको पैतालको आधा भाग काट्नु पर्ने भएपछि पुन उपचार खर्च कसरी जुटाउने फेरी सहयोग कसरी मागौं तीनवर्षे अगाडि सहयोग मागिएको थियो, अब कुन मुखले सहयोग माग्नु भन्ने स्वभिमानका कारण सुजनले इन्फेक्सनको उपचार नगरी बसेको बताए । सोही अबधीमा तिनवटा औलाहरु कुहिएर झरे, यतिवेला अरु दुइवटा औला कुहिएर झर्ने अवस्थामा पुगेको छ । इन्सफेक्सन सर्दै खुट्टाको माथिल्लो भागतिर फैलिदै गएको छ ।  सुरुवाती चरणमै आर्थिक सहयोग मागेर भएपनि उपचार गरेको भए केही औंला मात्र गुमाउनु पर्ने थियो । गरिब, स्वाभिमान भएका कारण सहयोग अपिल गर्न नसक्दा सुजनले दुबै खुट्टा काट्नु पर्ने भयो ।

गरिव हुनु त्यसमा पनि स्वभिमानी यस्तैै कारणले सुजनको स्वास्थ्य बिग्रदै गएको हो । देब्रे खुट्टा को पैतालाको भाग गत फागुनमै काट्नु पर्ने डाक्टरले जानकारी गराएका थिए तर आर्थिक अभावकै कारण चार महिना ढिलो भईसक्दा पनि उपचार हुन सकेको छैन ।  उनको कमजोर आर्थिक र जटिल स्वास्थ्य अवस्थाको बारेमा अच्युत दाहालले आमसंचारलाई जानकारी गराएपछि आमसंचारकर्मीले सुजनलाई भेटेपछि सुजनले मलिन अनुहारमा आफ्नो पिडा बताएका थिए ।  सोही क्रममा उनले आफ्नो उपचारको लागि सकेको आर्थिक सहयोग गरिदिन सबैमा अनुरोध पनि गरेका छन् ।

सुजनका बुवा काष्ठ फर्निचरमा मजदुरी गर्ने गर्दछन, आमा, दाजु र एक बहिनी रहेका छन् । दाजु पनि मानसिक रोगका कारण प्रताणित रहेका छन्  ।

विरामी सुजनको सम्पर्क नम्बर ९८२५९२२८७८
सुजनको स्वास्थ्य उपचारको लागि चासो देखाउने समाजसेवी अच्युत दाहालको सम्पर्क नम्बर ९८५२६७३६८७

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 136

प्रतिक्रिया (०)