Aamsanchar

‘भद्रपुर विमान स्थल जानु हुदैछ ? जानु हुदैछ भने दायाँ बायाँ नहेरी जानुहोला’

Author Image
बुधवार, असोज २, २०८१

बिर्तामोड । जहाज चढन वा ओर्लिने भद्रपुर विमान स्थल जानु हुदैछ ? जानु हुदैछ भने विमान स्थलको दायाँ बाया नहेरीकन विमान स्थलको टर्मिनल भवन भित्र छिर्नु होला । आवत जावत गर्दा दायाँ बायाँ सिधा अगाडि हेर्नु भयो भने तपाईँलाई नरमाइलो लाग्न सक्छ । पर्यटन, संस्कृति तथा नेपाली उत्पादन बस्तुको प्रचार गर्न राखिएको होडिङ बोर्डको अवस्थाले विमान स्थल व्यवस्थापन पक्ष को काम गराई सारै लथालिङ्ग रहेछ भनेर प्रष्ट हुन्छ ।

फितलो व्यवस्थापनको कारण उदाङ्गै, च्यातिएका खिया लागेका फलामका पोल र फ्रेम देख्नु पर्ने हुन्छ । विमान स्थलमा यस्तो अवस्था देख्दा विदेशीहरूले के सोच्लान्, विमान स्थलको कर्मचारी निकम्मा रहेछन् भन्ने जस्ता नकारात्मक विचारहरू उत्पन्न हुन सक्छ । तपाईँको यात्रा नरमाइलो हुन सक्छ । त्यसैले दायाँ बायाँ नहेरी आवत जावत गर्न स्थानीय नरेश पोखरेलको सुझाव छ ।
  देशका विभिन्न स्थानका नागरिक, पर्यटक र विदेशी पाहुनाहरूले  स्थानीय  प्रमुख पर्यटकीय गन्तव्यको बारेमा विमान स्थलबाटै धेरै जानकारी प्राप्त गर्नुपर्ने हो । विदेशी पर्यटकहरूलाई नेपाली कला संस्कृति र पर्यटन क्षेत्रको चित्र, होडिङ वोडले स्वागत तथा सुसूचित गराइनु पर्ने हो । नेपालका कतिपय विमान स्थलमा पर्यटन प्रचारको लागि सूचना जानकारी बोर्डहरू राखिएको पाइन्छ ।

झापाको भद्रपुर विमान स्थलमा क्षेत्रमा पनि विगतको वर्षमा पूर्वको पर्यटन कला संस्कृति झल्कने दृष्यहरू राखिएको थियो तर अहिले पहिलेका होडिङ बोडहरु खाली छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तरगत रहेको भद्रपुर विमान स्थलमा संस्कृति र पर्यटनको नामोनिशान देखिदैन । यस तर्फ सम्बन्धित पक्षको ध्यान जान सकोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
1
+1
1
+1
0
+1
0
+1
2
+1
4
Views: 191

प्रतिक्रिया (०)

सम्बन्धित खबर