Aamsanchar

नवरात्रको चौथो दिन, देवी दुर्गाको कुष्माण्डा स्वरूप

Author Image
शनिवार, असोज १९, २०८१

नवरात्रको चौथो दिन कुष्माण्डा स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दुर्गा, आफ्नो चौथो स्वरूपमा कुष्माण्डा नामले प्रसिद्ध हुनुहुन्छ । ब्रह्म या अण्डलाई उत्पन्न गरेको कारण वहाँलाई कुष्माण्डा नामले चिनिन्छ । तीन नेत्रले युक्त देवी आफ्नो मस्तकमा अर्ध चन्द्र धारण गर्नेवाली, अष्ट भुजाहरूले युक्त, एवं आफ्नो भुजाहरूले नाना प्रकारको आभूषण धारण गर्ने, देवी कुष्माण्डा आफ्नो भुजाहरूमा चक्र, गदा, कलश, जप माला, कमण्डलु, धनुष, बाण तथा कमल पुष्प धारण गर्नुहुन्छ । देवीको स्वरूप मनोहर तथा दिव्य कांति युक्त रहन्छ । कुष्माण्डाको वाहन बाघ हो, वहाँ बाघमा सवार गर्नुहुन्छ ।

देवी भागवत अनुसार ब्रह्माण्डको उत्पत्ति पूर्व जब सृष्टिको अस्तित्व नभएको बेला, चारैतिर मात्र अँध्यारो नै अँध्यारो थियो, त्यस समय देवी कुष्माण्डाले आफ्नो हाँस्यबाट ब्रह्माण्डलाई उत्पन्न गर्नुभएको थियो, देवी कुष्माण्डा साक्षात आदि शक्ति हुनुहुन्छ, वहाँबाटै समस्त जगतको उत्पत्ति भएको हो, त्यसभन्दा पूर्व यो ब्रह्माण्डको कुनै अस्तित्व थिएन ।

देवी कुष्माण्डा सूर्यमंडल अन्तर्गत आउने समस्त लोकमा निवास गर्नुहुन्छ, सूर्यलोकमा निवास गर्ने क्षमता एवं शक्ति मात्र माता कुष्माण्डामा छ साथै अन्य कुनैपनि देवी देवताका तेजको तुलना मातासंग गर्न नसकिने बताईएको छ । ब्रह्माण्डमा व्याप्त समस्त प्राणिहरू तथा तत्वमा देवी कुष्माण्डाको तेज विद्यमान रहेको छ । सम्पूर्ण ब्रह्माण्डमा व्याप्त सबै जीवित तथा निर्जीव तत्व यिनै देवीकै कृपाले उत्पन्न भएको हो पौराणिक मान्यता रहेको छ ।

नवरात्रको चौथी तिथि देवी कुष्माण्डालाई समर्पित छ, यो नवरात्रको चौथोदिन माता कुष्माण्डाको साधना, पाठ, ध्यान, स्तोत्र, पूजाआदि गर्ने गरिन्छ । माता कुष्माण्डाको भक्तिले रोग, शोक नष्ट भई,आयु, यश र बलको वृद्धि हुनेछ साथै देवी कुष्माण्डा अल्प साधना या भक्ति मात्रले प्रसन्न हुनुहुन्छ । माता कुष्माण्डालाई विशेषगरि सेतो वस्तुको परिकार अधिक प्रिय छ, साथै सबैप्रकारको पूजा, फलफूल, पकवान्न, एवं पुष्पहरू प्रिय छ । कुष्माण्डालाई वैज्ञानिक दृष्टिले Chemical  अर्थात् सम्पूर्ण रासायनिक शक्तिको स्वरूप मानिन्छ । अस्तु । ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर
छठ पूजाको इतिहास र उत्पत्ति
आइतवार, कार्तिक १८, २०८१
कहाँ कहाँ मनाइन्छ भाइ टीका ?
आइतवार, कार्तिक १८, २०८१
भाइटिकाका विषयमा जनउक्ति
आइतवार, कार्तिक १८, २०८१