Aamsanchar

मोहनमाया माध्यमिक विद्यालयको ५७ औं वार्षिकोउत्सव सम्पन्न : उत्कृष्टताको नविनतम अध्याय

Author Image
आइतवार, पौष १४, २०८१

बिर्तामोड । देशकै उत्कृष्ट विद्यालयको सूचीमा पर्न सफल झापा बिर्तामोड २ रामचोकमा रहेको मोहनमाया माध्यमिक विद्यालयले विभिद कार्यक्रम आयोजना गरि ५७ औं वार्षिकोउत्सव सम्पन्न गरेको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष देविमाया बस्नेतको अध्यक्षत र प्रतिनिधीसभा सदस्य सांसद हर्कमाया विकको प्रमुख आतिथ्यमा आयोजित समारोहमा विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

२०३२ साल पुसमा प्रार्थमिक केन्द्र नं. ३ नाममा स्थापना भएको मोहनमाया प्राथमिक विद्यालयले आफ्नो इतिहासमा एक महत्वपूर्ण मोडमा पुगेको छ । यस विद्यालयले हाल कक्षा १२ सम्मको शिक्षा प्रदान गर्दै २५०० विद्यार्थीहरूको संख्यामा वृद्धि गरेको छ ।

दाताहरूको सहयोगमा विद्यालयको भवन र सुविधाहरूको विकास भईरहेको छ। विशेष गरी, दाता प्रेमबहादुर श्रेष्ठको योगदानमा चार कोठाको भवन निर्माण गरिदिएको छ । विद्यालयमा सुस्त श्रवण विद्यार्थीहरूको लागि आवासीय सुविधा सहित कक्षा ५ सम्मको पठनपाठन पनि भइरहेको छ ।

शैक्षिक सत्र २०८१ मा कक्षा ११ सम्म १००० नयाँ विद्यार्थी भर्ना गरिएका छन्। यो विद्यालय कोशी प्रदेशमा कक्षा ११ मा सबैभन्दा धेरै विद्यार्थी भर्ना गराउने विद्यालयको रूपमा चिनिएको छ । गत वर्षको परीक्षामा विद्यालयले उत्कृष्ट परिणाम हासिल गर्दै प्रदेशका लागि गर्वको विषय बनेको छ ।

विद्यालयका आर्थिक व्यवस्थापनमा पनि सुधार भइरहेको छ। शै. स. २०८०/८१ को कुल आय रू. ८ करोड २७ लाख ७१ हजार १८३ पुगेको छ । खर्च तर्फ ६ करोड ८४ लाख ३९ हजार ४३१ रहेको छ । विद्यालयलाई विज्ञान प्रयोगशाला र अन्य महत्वपूर्ण प्रयोगशालाहरूको विकासको लागि अनुदान प्राप्त भएको छ । शैक्षिक, व्यवस्थापन सुधार, सुशासनमा लगातार तेस्रोपटक नगर पालिका. उत्कृष्ट भई ३ लाख प्राप्त गरेको छ ।

तर विद्यालयले केही समस्याहरूको सामना गरिरहेको छ । कक्षा कोठाको अभाव र खेलकुदका गतिविधिहरूको लागि स्थानको कमी यसका प्रमुख चुनौतीका रूपमा रहेको छ।

संविधान प्रदत्त मौलिक हक, अनिवार्य तथा निशुल्क शिक्षा ऐन २०७५ बमोजिम निशुल्क माध्यमिक शिक्षा हुनुपर्ने भएपनि न्युन दरबन्दीका कारण अभिभावकको सहयोगले विद्यालय चल्नु परेको छ ।

विद्यार्थी संख्या वृद्धि अनुरूप कक्षा कोठा अभाव  हाल ९ ओटा कक्षा कोठा अभाव रहेको छ । कार्यक्रम गर्न सभाहल छैन । खेलकुद लगायत क्रियाकलाप गर्न खेलमैदानको कमी छ । दाता तथा सरकारी जग्गा खोजी आवश्यकता रहेको छ । तत्कालीन आवश्यकता ६८ सेट डेक्सबेन्च फर्निचर, प्रयोगशाला १÷१ ओटा थप गर्नुपर्नेछ । खानेपानी फिल्टर १ थान जडान, धारा विस्तार गर्नुपर्ने रहेको छ ।

यस विद्यालयका अभिभावक, शिक्षक र विद्यार्थीहरूको लगनशिलताको कारण विद्यालय उत्कृष्टता तर्फ निरन्तर अगाडि बढिरहेको छ । भविष्यमा अझ सुधार गर्न र समृद्धि कोष बनाउन, विद्यालयले नयाँ योजनाहरूको कार्यान्वयन गर्ने निर्णय गरेको प्रधानाध्यापकको प्रतिवेदनमा उल्लेख छ ।

विद्यालयको चौतर्फी विकासका लागि सहयोग गर्ने ६० जना दाताहरुलाई विद्यालयले सम्मान गरेको छ ।त्यसैगरी  उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । हरेक वर्ष सम्मान  गरिदै आएको वर्ष उत्कृष्ट शिक्षकमा यस वर्ष चन्द्रविष्णु राउत स्मृति प्रतिष्ठान पुरस्कार शिक्षक रोहितकुमार गिरी र कक्षा १२ प्रथम छात्रा पल्पसा सेडाई, गोपाल कुमार रमा बस्नेत अक्षयकोष पुरस्कार शिक्षक सौरभ न्यौपाने, विद्यार्थीहरु कक्षा १२ विज्ञान विषय उत्कृष्ट रचना लुइटेल, आयुषराज पौडेल, विद्यालय उत्कृष्ट दिप्ती सुवेदी, अनुराग लुईटेल,जेहेन्दार तर्फ रविना सापकोटा, विकास कमर । सुश्री सावित्री बस्नेत अक्षयको पुरस्कार बद्रीप्रसाद न्यौपाने सहित १६ जना विद्यार्थीलाई  प्रदान गरिएको छ ।

राजेन्द्र संग्रौला पुरस्कार कक्षा ५ का दर्पण दाहाल र रेखा खतिवडालाई प्रदान गरिएको छ । रुपनारायण सावित्रा समृति कोषबाट कक्षा १० का विशाल थारु र ९ कक्षाकी शिल्पा कर्माकार त्यसैगरी नैनानन्द विष्णुमाया स्मृति कोषबाट कक्षा १० का अनुजा लुइटेल, कक्षा ८ का सविन सहनी, गंगादेवी रंगलाल स्मृति कोषबाट कक्षा १० का एलिना तिम्सिना र अनुपमा निलौला, मोहनमाया विद्या पुरस्कार प्राविधिक धार तर्फ १४, कक्षा १२ तर्फ १९ र कक्षा १० तर्फ ३७ जना विद्यार्थीहरुलाई प्रदान गरिएको छ ।

प्रमुख अतिथि सांसद विक, कोशी प्रदेश खानेपानी, सिँचाई तथा उर्जा मन्त्री एकराज कार्की, बिर्तामोड नगर उपप्रमुख नगेन्द्र प्रसाद संगौला, बिर्तामोड नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तिलचन भण्डारीलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्काउट सलामी, विज्ञान प्रर्दशनी गरिएको थियो । शिक्षक अनिता बस्नेतले शब्द र विद्यार्थीहरुले नृत्यद्वारा अतिथिहरुलाई स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक मुकुन्द ढकालले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
7
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 221

प्रतिक्रिया (०)

सम्बन्धित खबर