Aamsanchar

सिलिगुडीको रुद्राक्ष सुपरस्पेशालिटी केयर नयाँ व्यवस्थापनमा सञ्चालन

Author Image
सोमवार, माघ ७, २०८१

सिलिगुडी । नेपालसँगको सीमा नजिकै रहेको भारतको प्रमुख सहर सिलिगुडीमा अवस्थित रुद्राक्ष सुपरस्पेशालिटी केयर अस्पतालले नयाँ व्यवस्थापनअन्तर्गत सेवा प्रारम्भ गरेको छ। सुविधासम्पन्न भवन, अत्याधुनिक उपकरणहरू र दक्ष विशेषज्ञहरूको टोलीसहित यो अस्पतालले स्वास्थ्य सेवामा थप गुणस्तर र सेवा विस्तारको प्रतिबद्धता जनाएको छ।

न्यूरोलोजी र एन्डोक्राइनोलोजी उपचारमा विशेषज्ञताका साथ सेवा दिने यो अस्पताल विगत ९ वर्षदेखि लाखौं बिरामीहरूको विश्वास जित्दै आइरहेको छ। हिजो (आइतबार) देखि मटिगढामा सञ्चालनमा आएको रुद्राक्ष अस्पतालको नयाँ व्यवस्थापनले  ‘तपाईंको स्वास्थ्य, हाम्रो चासो’ भन्ने नारालाई आत्मसात् गर्दै थप उन्नत सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।

यो केन्द्र प्रख्यात एन्डोक्रिनोलोजिस्ट डा. अरुंधती दासगुप्ता र न्यूरोलोजिस्ट डा. जोयदीप डेको नेतृत्वमा सञ्चालन भइरहेको छ।

डा. अरुंधती दासगुप्ता
मधुमेह, थाइराइड विकार, हार्मोनल समस्या, किशोरावस्थाका विकार, र अन्य चयापचय विकारहरूको उपचारमा विशेषज्ञता राख्ने डा. दासगुप्ताले यसअघि गुडगाउँस्थित मेदान्ता अस्पतालमा कार्यरत थिइन्।

डा. जोयदीप डे
न्यूरोलोजी क्षेत्रमा १५ वर्षभन्दा बढी अनुभव भएका डा। डे उत्तर बंगालमा तीव्र स्ट्रोक व्यवस्थापनका अग्रणी हुन्। उनले यस क्षेत्रमै पहिलो पटक स्ट्रोक थ्रोम्बोलाइसिसको सुरुवात गरेका थिए।

रुद्राक्ष सुपरस्पेशालिटी केयरमा  न्यूरोलोजी, मस्तिष्क पक्षघात (स्ट्रोक), मिर्गी, माइग्रेन, पार्किन्सन रोग, नर्भ र स्पाइनल कर्ड विकार, डिमेन्सिया, निद्रा विकार
अन्य न्यूरोलोजिकल समस्याहरू त्यसैगरी एन्डोक्राइनोलोजी, मधुमेह, थाइराइड विकार, मोटोपना, किशोरावस्थाका विकार, हार्मोन सम्बन्धित हड्डी विकार, ओस्टियोपोरोसिस
पिट्यूटरी, एड्रेनल र अन्य ग्रन्थि विकारको उपचार हुने बताईएको छ।

यो अस्पताल सिलिगुडीका साथै सिक्किम, दार्जिलिङ, र नेपालको झापा तथा इलाम क्षेत्रका बिरामीहरूलाई सेवा दिने उद्देश्यले सञ्चालन भइरहेको छ।

डा. जोयदीप डेका अनुसार, ‘सेवाग्राहीहरूको मागअनुसार एकै स्थानबाट सम्पूर्ण सेवा उपलब्ध गराउन अस्पताललाई अत्याधुनिक बनाइएको छ।’

थप जानकारीको लागि

Views: 40

प्रतिक्रिया (०)