अर्जुनधारा । गत भदौ २४ गते जेनजी आन्दोलनको नाममा भएको आगजनी र तोडफोडका कारण पूर्ण रूपमा अवरुद्ध बनेको अर्जुनधारा नगरपालिकाले आजदेखि (आइतबार) आधारभूत सेवा पुनः सञ्चालन गरेको छ। नगरपालिकाको विशेष योजना र जनप्रतिनिधि तथा कर्मचारीको अथक प्रयासका कारण १० दिनभित्रै अस्थायी रूपमा सेवा दिन थालिएको हो।
अत्यावश्यक कागजी काम, जन्मदर्ता, मृत्युदर्ता, सिफारिस लगायत वडास्तरीय सेवा रोकिँदा नागरिक मर्कामा परेका थिए। आगजनीका कारण सबै ११ वटा वडा कार्यालय क्षतिग्रस्त भएपछि सेवा अवरुद्ध भएको थियो। तर, सबै वडाध्यक्ष, सचिव, कर्मचारी र सदस्य जनप्रतिनिधिहरुले नगर कार्यपालिका सभाहलमै सामूहिक रूपमा सेवा दिन थालेपछि नगरवासीले ठूलो राहत अनुभव गरेका छन्।
नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणको प्रक्रिया पनि अघि बढाइसकेको छ। सम्बन्धित व्यक्तिको बैंक खातामा रकम जम्मा भइसकेको भए पनि बैंकको आन्तरिक प्राविधिक कारणले दशैंअघि भुक्तानी दिन नसक्ने भएको प्रमुख प्रशासकीय अधिकृत अनोजकुमार घिमिरेले जानकारी दिए।

पहिले सधैंजसो वडा कार्यालयमा सेवाग्राहीको भीड लाग्ने गरेको थियो, केही दिनको अवरोधपछि अहिले भिड झन् बढेको छ। एकैपटक धेरै काम गर्नुपर्ने भएकाले इन्टरनेट सर्भरमा समस्या आउँदा सेवाग्राहीको प्रतिक्षा समय केही लामो भए पनि वातानुकूलित हलमा सेवा पाउँदा सेवाग्राहीले सहज महसुस गरेका छन्।

उपमेयर खड्गमाया पराजुलीले नागरिकलाई असुविधा होस् भन्ने उद्देश्यले नगरपालिकाले छोटो समयमा सेवा सुचारु गर्न सफल भएको बताइन्।
उनले भनिन् :
“विपत्तिका बेला हार नमान्ने हाम्रो संकल्प नै हो। आगजनीले हाम्रो संरचना नष्ट ग¥यो तर जनताप्रति हाम्रो जिम्मेवारी नष्ट भएन। यसकारण १० दिनभित्रै सेवा पुनः सुरु गरेर हामीले नागरिकलाई सन्देश दिन चाहेका छौँ— समस्या जस्तोसुकै आए पनि नगरपालिका नागरिकको साथमा रहन्छ।“

अर्जुनधाराको यो कदमले के प्रमाणित ग¥यो भने :
संरचना जलेर खरानी भए पनि प्रतिबद्धता कहिल्यै खरानी हुँदैन।
समस्याले नगरलाई थिच्न सक्छ, तर सामूहिक संकल्पले उठ्न सक्छ।
नागरिक र जनप्रतिनिधि एकै ठाउँमा उभिए भने समाधान सधैं सम्भव हुन्छ। भन्ने सन्देश दिएको छ । अन्य पालिकाहरुमा पनि अवरुद्ध सेवालाई छिटो भन्दा छिटो सुचारी गर्न तर्फ ध्यान दिन जरुरी छ ।



