Aamsanchar

कोरोना भाइरस भित्रिन नदिन उच्च सतर्कता

Author Image
सोमवार, फागुन १९, २०७६

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले तीन छु्ट्टाछुट्टै योजना बनाएको जानकारी दिनुभएको छ ।
उहाँले पहिलो चरणमा सावधानीका लागि अपनाउनुपर्ने, रोग आइहाले दोस्रो चर णमा उपचार का लागि सम्पूर्ण शक्ति लगाउने र तेस्रो चरणमा उच्च जोखिम निम्तिएको खण्डमा स्वास्थ्य आपत्काल घोषणा गर्नेसम्मको योजना बनाएर अगाडि बढेको बताउनुभयो ।
उहाँले स्वास्थ्य क्षेत्रमा सम्पादन गरेका ४६ बुँदे उपलब्धि आइतबार सार्वजनिक गर्नुभएको छ । मन्त्री ढकालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्हालेको एक सय दिन नाघेको अवसरमा पत्रकार सम्मेलन आयोजना गर्दै उपलब्धि सार्वजनिक गर्नुभएको हो ।
उहाँले कोरोना नियन्त्रणका लागि पहिलो चरणको काममा विमानस्थलमा प्रत्येक यात्रुको तापक्रम मापन सुरु गरिएको बताउनुभयो । यसअघि अतिप्रभावित चीन, जापान लगायतका देशबाट आएका यात्रुको मात्र तापक्रम मापन गरिदै आएकोमा अब प्रत्येकलाई ‘इन्फ्रारेड मेसिन’ले तापक्रम नाप्ने व्यवस्था मिलाइएको बताउनुभयो । उहाँले विमानमा प्रवेश गर्नुअघि पनि तापक्रम लिन सुरु गरिएको बताउनुभयो ।

साथीभाइसँग भेट्दा अँगालो मार्ने, हात मिलाउनेभन्दा पनि टाढैबाट नमस्कार गर्दा पनि कोरोनाको सङ्क्रमणबाट जोगिन सकिने र हेछ भन्दै उहाँले थप्नुभयो, “भीडमा हिँडडुल नगर्न तथा भोजभतेरका कार्यक्रम नगर्न पनि सबैलाई आग्रह गर्दछु‘ उहाँले छिमेकी मुलुक भारतमा सङ्क्रमण बढेमा नेपाललाई समेत समस्या पर्ने बताउनुभयो । उहाँले हब र स्याटेलाइट अस्पताल गरी ३६ वटा अस्पताल तयारी अवस्थामा रहेको भन्दै कसैलाई पनि नआत्तिन आग्रह गर्नुभयो । उहाँले नेपालले पनि उच्च सतर्कता अपनाइसकेको भन्दै आफ्नो सिमानामा सङ्क्रमण छिर्न नदिन कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

आशङ्कमा दुई जना अस्पताल भर्ना
यस्तै कोरोनाको आशङ्कामा टेकुस्थित शहीद शुक्रर आज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा दुई जनालाई भर्ना गरि एको छ । अस्पतालका प्रवक्ता डा अनुप बास्तोलाले एक जना चीनबाट र अर्का दक्षिण कोरि याबाट फर्केका नेपाली भएको जानकारी दिनुभयो । उहाँले आत्तिनुपर्ने अवस्था नभएको भन्दै तापक्रम बढेकाले उनीहरूलाई अस्पताल ल्याएर आइसोलेसन वार्डमा राखिएको जानकारी दिनुभयो । उहाँले केही दिनअघि विदेशबाट फर्किएका उनीहरू घर मै बस्दा ज्वरो आएपछि अस्पतालको सम्पर्कमा आएको जानकारी पनि दिनुभयो । यो समचार आजको गोरखा पत्रमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 280

प्रतिक्रिया (०)