सरकारले आगामी १० चैतबाट लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ ।
कोरोना भाइरस ९कोभिड १९० को सम्भावित संक्रमण रोक्नका लागि सरकारले केही अवधिका लागि लामो लामो दूरीका यातायात बन्द गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै केही अवधिका लागि लामो दूरीका सार्वजनिक यातायातमा रोक लगाइएको बताएका छन्।कोरोना भाइरसको त्रासका कारण काठमाडौं उपत्यकाबाट विगतका तीन दिनमा करिब ५ लाख मानिसले काठमाडौं उपत्यका छाडेका छन् ।
कोरोना भाइरसका कारण शैक्षिक संघ संस्थाको पठनपाठन र परीक्षा स्थगित भएपछि बाहिरिनेको संख्या वृद्धि भएको हो ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले विगत तीन दिनको तुलनामा ५ लाख बढी यात्रु बाहिरिएको अनुमान गरेका छन् ।
यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।