Aamsanchar

लकडाउनमा झापामा १३ सवारी दुर्घटना

Author Image
शुक्रवार, वैशाख १२, २०७७

काँकरभिट्टा । झापामा लकडाउनको अवधिमा पनि भएका सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् । विश्वभर आतंकका रुपमा रहेको नोवल
कोरोना भाइरस (कोभिड –१९) को संक्रमण फैलन नदिन र नियन्त्रण गर्ने उद्देश्यले नेपाल सरकारले चैत ११ गतेदेखि घोषणा गरेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका
अनुसार चैत ११ गतेदेखि बैशाख ११ गतेसम्म एक महिनाको अवधिमा झापाका विभिन्न स्थानमा भएका १३ वटा सवारी दुघर्टनामा परेर दुई जनाको मृतयु भएका छ भने २० जना
घाइते भएका छन् ।

नेपाल सरकारले पहिलो पटक घोषणा गरेको चैत ११ गते लकडाउन घोषणा गरेकै दिन झापाको पूर्वपश्चिम लोकमार्ग अन्तर्गत कमल गाउँपालिका— ५ सडकखण्डमा मोटरसाइकलको ठक्करबाट करीव ६५ वर्षीय पुरुषको मृत्यु भएको ट्राफिक प्रहरी निरीक्षक प्रकाश जवेगूले जानकारी दिए । उनको नाम थर वतन नखुलेको र सडकमै हिँडिरहने मानिस भएको प्रहरी निरीक्षक जवेगूको भनाइ छ ।

यसैगरी चैत २० गते पूर्वपश्चिम लोकमार्ग अन्तर्गत कमल गाउँपालिका—६ सडकखण्डमा भएको सडक दुर्घटनामा परी पैदल यात्री सिराहा सुखीपुर —१ की अन्दाज ४५ वर्षीया पानु मण्डलको ज्यान गएको
थियो । उनलाई ठक्कर दिने सवारी साधन हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ । झापामा भएका सवारी दुर्घटनामा परी २० जना घाइते भएको सवैको अवस्था सामान्य रहेको कार्यालयले जनाएको छ । यो समाचार आजको पूर्वाञ्चल दैनिकमा छ 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 371

प्रतिक्रिया (०)

सम्बन्धित खबर