Aamsanchar

टोल फ्री नम्बरको दुरुपयोग

Author Image
शनिवार, वैशाख २७, २०७७

काठमाडौं – ‘लकडाउनले पसल खुलेको छैन । रिचार्ज कार्ड हालिदिनूस् न । ’ ‘कोरोनाबाट बच्न सेनिटाइजर नै किन लगाउनुपर्ने ? त्यसको सट्टा रक्सी खाए पनि हुँदैन ?’

टेकूस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोल फ्री नं. १११५ मा हिजोआज कर्मचारी यस्तै हास्यास्पद प्रश्न झेल्न बाध्य छन् । कोरोना भाइरस (कोभिड–१९) बारे परामर्श तथा जानकारी दिन सञ्चालन गरिएको निःशुल्क फोनमा यस्ता ठट्यौला फोन कलबाट कर्मचारी दिक्क छन् ।

बन्दाबन्दीको बेला पहिलेभन्दा फोन गर्नेको सङ्ख्या निकै बढेको भए पनि नचाहिँदो टेलिफोन कलले कर्मचारीलाई दुःख दिने गरेको महाशाखाका जनस्वास्थ्य अधिकृत अच्युत रेग्मीले बताए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत अच्युत रेग्मीले ब्लफ कल र मिस कलले कर्मचारी हैरान भएका छन् । साँच्चिकै आपत् परेर वा जानकारी र परामर्श आवश्यक भएर फोन गर्नेको सङ्ख्या न्यून छ । यो समाचार आजको गोरखापत्र दैनिकमा शान्ति लामाले लेखेकी छिन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 195

प्रतिक्रिया (०)

सम्बन्धित खबर