Aamsanchar

सुरक्षा निकायमा उच्च सतर्कता, नेपालमा १५ जना सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण

Author Image
आइतवार, जेठ ११, २०७७

काठमाडौँ । कोरोना भाइरस रोग (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणको अग्रमोर्चामा खटिनुपर्ने सुरक्षाकर्मीमा सङ्क्रमण देखिन थालेपछि राज्यका चारवटै सुरक्षा निकायले थप सतर्कता अपनाएका छन् ।

नेपाली सेनाका तीन, नेपाल प्रहरीका सात, सशस्त्र प्रहरीका चार र राष्ट्रिय अनुसन्धान विभागका एक गरी १५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । शान्तिसुरक्षा तथा नागरिक सेवासँगै कोरोना रोकथाममा खटिएका सुरक्षाकर्मी र कार्यालयमा सङ्क्रमण देखिन थालेको हो ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले कोरोना नियन्त्रणका लागि काममा खटिँदा सर्वसाधारणबाट नै सुरक्षाकर्मीमा कोरोना सरेको जानकारी आएको बताएका छन् ।

सङ्क्रमणबाट जोगिन सम्पूर्ण सैनिक युनिटमा थप सतर्कता अपनाउन आवश्यक निर्देशन र सोही अनुुरूपको सतर्कता अवलम्बन गर्न थालिएको उनले बताएका छन् । नेपाल सरकारबाट जारी रणनीति र विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को मापदण्डअनुसार कमान्डरदेखि सिपाहीसम्मले कोरोनाबाट जोगिन के कस्ता सतर्कता अपनाउने, सैनिक ब्यारेकबाहिर रहँदा वा प्रवेश गर्दा स्वास्थ्य परीक्षण, सतर्कता र सरसफाइमा विशेष जोड दिइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर