Aamsanchar

नेपालका विभिन्न भेगमा लेदोसहितको वर्षा

Author Image
बिहिवार, जेठ १५, २०७७

काठमाडौं – भारत र पाकिस्तानको मरुभूमिबाट नेपालमा धुलो उडेर आएको छ । यही बेला सक्रिय रहेको मौसमी प्रणालीले वर्षा गराएको छ । जसका कारण नेपालका विभिन्न भेगमा बुधबार हिले वर्षा भएको छ ।

विशेषगरी पूर्वी नेपालमा पहेलो कमेरो माटोजस्तो लेदो पानी परेको छ ।
पूर्वी नेपाल हुँदै नेपाल प्रवेश गरेको धुलो देशका विभिन्न सहरमा पुग्दा नपुग्दै वर्षासँग मिसिएर पृथ्वीको सतहमा त्यो धुलो खसेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तो धुलो मङ्गलबारदेखि नेपाल आएको हो । भारतको राजस्थान र पाकिस्तानको मरुभूमि क्षेत्रमा हावाको वेग तीव्र हुँदा हुरीसँगै धुलो नेपाल प्रवेश गरेको मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् । लेदो पानी परेपछि महाशाखामा धेरैले के भएको भनेर जिज्ञासा राखिरहेको उनले बताइन् ।

उनका अनुसार त्यो क्षेत्र हुँदै नेपालमा जलवाष्पयुक्त वायुसँगै बेलाबेलामा हावाले धुलो लिएर आउने गर्छ । यो धुलोको प्रदूषण एकाध दिन मात्र कायम रहने उनले बताइन् । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 257

प्रतिक्रिया (०)

सम्बन्धित खबर