Aamsanchar

दुई जेठाजुको अत्याचार : बारम्बार बलात्कार गरेको बुहारीको खुलसा

Author Image
बुधवार, असार १०, २०७७

धादिङ — बुहारी बलात्कार गरेको आरोपमा दुई जेठाजु पक्राउ परेका छन ।

जिल्लाको थाक्रे गाउँपालिका ११ की २२ बर्षीया बुहारीलाई बारम्बार बलात्कार गरेको अरोपमा ३५ बर्षीय र २९ बर्षीय दुई जेठाजुलार्ई प्रहरीले पक्राउ गरेको हो ।आफुलाई दुई बर्षदेखि बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि धादिङ प्रहरीले आरोपितहरुलाई पक्राउ गरेको हो ।

पछिल्लोपटक माइलो जेठाजुलाई यही असोज ५ गते तथा जेठो जेठाजुलाई गत साउन २८ गते बलात्कार गरेको पीडित बुहारीको भनाई छ ।आफुलाई बलात्कार गर्न अरु मानिसहरुलाई समेत पठाएको पीडितको आरोप छ ।

अन्याय सहन नसकेर अन्नतः आफु न्यायका लागि गुहार्न आएको उनले बताएकी छिन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर