Aamsanchar

हिल्सा ट्र्याक असारभित्र खोलिँदै

Author Image
बिहिवार, असार १८, २०७७

सिमकोट – कर्णाली करिडोरअन्तर्गत हिल्सा–सिमकोट सडकखण्डको ट्र्याक खोल्ने कार्य असार मसान्तसम्ममा पूरा हुने भएको छ । सडकको बाँकी खण्डमा विस्फोट, मेसिन र कामदारले एकसाथ तीव्र रूपमा काम अघि बढाइएपछि ट्र्याक खोल्ने कार्य असारमा सकिने भएको हो ।

हिल्सा–सिमकोट सडक आयोजनाको धारापोरीदेखि च्याछरासम्मको खण्डमा बाँकी रहेको २५० मिटर क्षेत्रमा तीव्र रूपमा निर्माण कार्य भइरहेकाले निर्धारित समयमा ट्र्याक खोल्ने कार्य सकिने आयोजनाका योजना प्रमुख शशाङ्क मिश्रले जानकारी दिए ।

ट्र्याक खोल्न बाँकी रहेको क्षेत्रमा दुईवटा मेसिन, विस्फोटका लागि होल खोप्ने, कामदारले जाली भर्ने तथा जमिन सम्याउने कार्य एकसाथ भइरहेकाले निर्धारित समयमा काम सम्पन्न हुने उनले बताए । अबको चार÷पाँच दिनमा हिल्सा–सिमकोट खण्डकै निकै कठिन मानिएको च्याछरा भीरमा चट्टान विस्फोट गरी सतह मिलाउने कार्य सम्पन्न गरेर ट्र्याक्टर गुडाइने उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा राजन रावतले लेखेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 252

प्रतिक्रिया (०)

सम्बन्धित खबर