Aamsanchar

समाचार

धनगढी-  कैलालीको घोडाघोडी नगरपालिका-२ को साडेपानीमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । आइतबार बिहान तरकारी बोकेको लु२च २३५८ नम्बरको जिपले ठक्कर दिंदा बर्दगोरिया गाउँपालिका-६ का ५५ वर्षीय शंकर डगौराको मृत्यु र अन्य तीन जना […]

आइतवार, कार्तिक २३, २०८२

काठमाडौं – बौद्धस्थित पाँचतारे हायात रेजेन्सी होटलबाट टेलिभिजन चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ का ३६ वर्षीय लक्ष्मण सुनाम छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको […]

आइतवार, कार्तिक २३, २०८२

झापा – भद्रपुरस्थित मेची पुलबाट ‘टुर दी मेची–महाकाली २०८२’ साइकल यात्रा सुरु भएको छ । विश्व स्वतन्त्रता दिवसको अवसरमा भद्रपुर साइकल समाजले आज बिहानदेखि भद्रपुर–५ मेची पुलबाट साइकल यात्राको शुभारम्भ गरेको हो।   यात्रामा पाँच […]

आइतवार, कार्तिक २३, २०८२

मकवानपुर – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९, मास्टरचोकमा शनिबार (कात्तिक २२) राति यात्रुवाहक बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । जनकपुरबाट काठमाडौंतर्फ गइरहेको बाप्र०३–००१ख २६५६ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा पैदलयात्री रुपन्देहीको देवदह नगरपालिका–८ का […]

आइतवार, कार्तिक २३, २०८२

लेखनाथ – कास्कीस्थित पोखराको लेकसाइडस्थित फेवातालको मध्यभागमा अवस्थित वाराही भगवती मन्दिर पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ। मन्दिरमा पूजाआजा र दर्शन गर्न भक्तजन दैनिक भीड लाग्ने गर्छ। विसं २०७२ को विनाशकारी भूकम्पले उक्त मन्दिर तीन इञ्च […]

आइतवार, कार्तिक २३, २०८२

काठमाडौँ- नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका(नासा) को अध्यक्षमा विद्या गुरुङ निर्वाचित हुनुभएको छ । संयुक्त राज्य अमेरिकाको एटलान्टामा सम्पन्न ३४औँ सम्मेलनबाट चार वर्षका लागि अध्यक्ष पक्षमा उहाँ निर्वाचित हुनुभएको हो । सम्मेलनमा जर्जिया, सियाटल, […]

शुक्रवार, कार्तिक २१, २०८२

उर्लाबारी- कोशी प्रदेश सरकारको ५० प्रतिशत अनुदानमा मोरङको उर्लाबारी नगरपालिका वडा ९ का किसानले अत्याधुनिक धान काट्ने मेसिन खरिद गरेका छन् । ६२ लाख ७६ हजार रुपियाँमा हार्भेष्टर कम्पायन, ट्याक्टर, बेलर र ट्रलि खरिद गरिएको […]

शुक्रवार, कार्तिक २१, २०८२

विराटनगर- जेनजी आन्दोलनका क्रममा भागेर फर्किएका विराटनगरस्थित बालसुधार गृहका नौ जना बाल बिझ्याइँकर्ता हिजो (बिहीबार) अपराह्न सुरक्षाकर्मीलाई कुटपिट गरी फेरि भागेका छन् । फरार भएकामध्ये एक जना साँझमा आफैं सुधार गृहमा फर्किएका थिए भने अर्का […]

शुक्रवार, कार्तिक २१, २०८२

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह(बालेन)ले ब्रह्म मन्दिरको उद्घाटन गरेका छन् । आज काठमाडौँ महानगरपालिका–८ जयबागेश्वरीमा निर्माण गरिएको ब्रह्म मन्दिर उनले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोललगायतका स्थानीयहरूको उपस्थिति […]

शुक्रवार, कार्तिक २१, २०८२