Aamsanchar

समाज

संखुवासभा : मादी नगरपालिका–३ का नवविवाहित जोडीलाई कोरोना संक्रमण भएको छ। २५ वर्षीय युवक र २० वर्षीया युवती संक्रमण पुष्टि भएको नगर प्रमुख विदुर सुब्बा लिङ्थेपले जानकारी दिए। उनीहरु १५ दिनअघि काठमाडौंबाट मादी आएका हुन्। […]

आइतवार, वैशाख २६, २०७८

रुकुम पश्चिम – घरबाट बाख्रा चराउन गएका एक किशोरको तालमा डुबेर ज्यान गएको छ । शनिबार जिल्लाको सानिभेरी गाउँपालिका – ११ पेदिखोलाका १५ वर्षीय रुपलाल खड्काको तालमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । सिम्ली […]

शनिवार, वैशाख २५, २०७८

ताप्लेजुङ — पाँचथर सदरमुकाम फिदिम बजारको गोसलाइनमा शनिबार बिहान भएको आगलागिबाट दावा शेर्पाको दुई तले घर जलेको छ । घरमा भाडा गरी बसेका ६ परिवार विस्थापित बनेका छन् । यसका साथै यातायात मजदुर संघको कार्यालय […]

शनिवार, वैशाख २५, २०७८

धरान –कोरोना माहामारीको त्रासको अवस्थामा मादक पदार्थ सेवन गरेका श्रीमानको कुटपिटबाट सुनसरीमा आमाको गर्भमा रहेकी चार महिने शिशुको मृत्यु भएको छ। श्रीमानको कुटपिटबाट सुनसरीको बराहक्षेत्र नगरपालिका-६ की २४ वर्षीया रेखा साहको गर्भमा रहेको चार महिने […]

शनिवार, वैशाख २५, २०७८

काठमाडौँ — सरकारले राजस्व दर बढाएर ११ महिनादेखि बन्द रहेको काठ ओसार–पसार र विक्रीवितरण फुकुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले गत जेठ १५ मा बन्द गरेको वैज्ञानिक वनअन्तर्गत काटिएका काठको ओसार–पसार र विक्रीवितरण […]

शुक्रवार, वैशाख २४, २०७८

गोरखा : गत वैशाख ११ गते घरनजिकैको वनमा निहुरो (तरकारी) खोज्न गएकी १४ वर्षीया पुतली (नाम परिवर्तन) बलात्कृत भइन्। गोरखा नगरपालिका–८ का ६० वर्षीय तुलबहादुर थापाले विभिन्न प्रलोभनमा पारेर नजिकैको गाईगोरु बाँध्ने गोठमा लगी करणी गरे। […]

शुक्रवार, वैशाख २४, २०७८

उदयपुर- उदयपुरको कटारी नगरपालिका-११ हर्देनी भीर माथी टिकटक बनाउने क्रममा लडेर १ जनाको मृत्यु भएको छ । धरान-५ का १८ बर्षीय सुभास परियारको टिकटक बनाउने क्रममा लडेर मृत्यु भएको हो । धरानबाट ओखलढुङगा तर्फ जाँदै […]

शुक्रवार, वैशाख २४, २०७८

उदयपुर — उदयपुरको त्रियुगा नगरपालिका– ९ चौकीबारीका एक युवकको आफ्नै दाजुको कुटाइबाट मृत्यु भएको छ । सामान्य वादविवाद हुँदा दाइको कुटाइबाट ३६ वर्षीय खुसिलाल चौधरीको बुधबार दिउँसो मृत्यु भएको हो । खुसिलाललाई उनका ५० वर्षीय […]

बिहिवार, वैशाख २३, २०७८

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले अनुसन्धानमा सहयाोग गर्न पिडित परिवारलाई आग्रह गर्नुभएको छ । दाङको तुलसीपुरमा भएको तीन बालबालिकाको रहस्यमय मृत्यु प्रकरणका विषयमा ध्यानाकर्षन गराउन आएको दलित मुक्ति मोर्चा दाङको टोलिसंग कुरा […]

बिहिवार, वैशाख २३, २०७८

विराटनगर। कोभिडबाट मृत्युहुने चिकित्सकका परिवारलाई प्रदेश १ सरकारले २५ लाख क्षतिपुर्ती दिने निर्णय गरेको छ । कोभिड–१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका […]

बुधवार, वैशाख २२, २०७८