
बुटवल, सशस्त्र प्रहरी बल नेपाल राजश्व भन्सार ३८ नम्बर गुल्म रुपन्देहीले अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा आज बिहान तीन हजार ५०० ब्रोइलर कुखुराका चल्ला बरामद गरेको छ । रोहिणी गाउँपालिका–७ टिकर क्षेत्रमा गस्तीमा […]
दमौली, पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा आज अपराह्न भएको बस दुर्घटनामा ३२ जना घाइते भएका छन् । लमजुङको बेँसीशहरबाट मुग्लिङतर्फ जाँदै गरेको ना४ख ७८४१ नंको बस अनियन्त्रित भई आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा सडकबाट १५ मिटर तल खसेको थियो […]
हुम्ला, सिमकोट गाउँपालिकाले पहिलो पटक मोबाइल एप्स आजदेखि सञ्चालनमा ल्याएको छ । सिमकोट गाउँपालिकामार्फत सञ्चालन गरिँदै आएका हरेक सेवासुविधालाई अझ सरल, सुलभ र सर्वसाधारणका लागि सजिलै सूचना प्रवाह गर्नका लागि मोबाइल एप्स सञ्चालनमा ल्याइएको गाउँपालिकाका […]
गुल्मी, गुल्मीमा घरायसी झगडा हुँदा एक व्यक्तिले गए राति आफ्नै श्रीमतीको हत्या गरेका छन् । मदिरा सेवन गरेका मुसिकोट नगरपालिका–७, इन्द्रेगौंडाका ३५ वर्षीय पङ्कज कुमालले सामान्य विवादमै ३० वर्षीया श्रीमती लाली कुमाललाई दाउराले हानी घाइते […]
राजकुमार पराजुली /काभे्रपलाञ्चोक, काभे्रपलाञ्चोकबाट तीन वर्षमा करीब १५० महिला तथा बालबालिका हराएका छन् । सो अवधिमा हराएका ३९६ महिला तथा बालबालिकामध्ये २५१ जना फेला परेको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्र धुलिखेलले जनाएको […]
प्रकाश अधिकारी /सुर्खेत, यहाँका बाढीपीडितका शिविरमा दशैँको कुनै उल्लास छैन । विस्थापित चार वर्षदेखि त्रिपालको टहरामुनि बस्न बाध्य छन् । गिरिघाट शिविरका रामबहादुर नेपालीले आफूहरुको पुनःस्थापना नहुँदा चाडपर्वका बेलासमेत बाढीको पीडा भुल्न नसकेको बताउनुभयो । […]
खोटाङ, आगलागी नियन्त्रण गर्न प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा एक लाख लिटर पानी सञ्चित गर्न सकिने पानी ट्याङ्कीसहितको आधुनिक धारा निर्माण गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रु २५ लाख ८७ हजार ५०० लगानीमा […]
जुम्ला, दशैँका लागि इटालियन फुजी जातको स्याउको बिक्री बढेको छ । चन्दननाथ नगगरपालिका–१० का टंक देवकोटाले बगैँचामै सो स्याउ किन्न आउनेलाई प्रतिकेजी रु १५० मा बेच्ने गरेको बताउनुभयो । दशैँसम्म जुम्लाको स्याउ निर्यात भइसक्ने भएकाले […]
धादिङ, पृथ्वी राजमार्गमा आज भएको सवारी दुर्घटनामा तीनको मृत्यु भएको छ भने चार घाइते भएका छन् । चितवनको इच्छाकामना गाउँपालिकास्थित केबुलकार नजिकै पोखराबाट धादिङतर्फ आउँदै गरेको ग२च १७५१ नम्बरको मारुती भ्यान र सोही दिशातर्फबाट आउँदै […]