
काठमाडौँ। व्यवस्थापिका–संसद्मा नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्नुहुने सांसदहरुको एक समूहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटी मतदाता नामावली दर्ता गराउने अवधि १५ दिन बढाउन माग गरेको छ । पूर्वमन्त्री एवम् सांसद बालकृष्ण खाँणको नेतृत्वमा आज प्रधानमन्त्री निवास बालुवाटार […]
पर्सा। राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले मधेसवादी दलहरुसँग सरकारले गरेको तीनबुँदे सहमति कार्यान्वयन गरे स्थानीय तह निर्वाचनमा राजपा सहभागी हुन तयार रहेको बताउनुभएको छ । उहाँले संविधान संशोधनमा समस्या […]
काठमाडौँ । समृद्ध मुलुक निर्माणका लागि युवालाई जागरुक गराउनुपर्नेमा वक्ताहरुले जोड दिएका छन् । युवामैत्री अभियानले आज यहाँ आयोजना गरेको ‘समृृद्ध नेपाल निर्माणका लागि नेपाली काँग्रेसमा युवाहरुको परिचालन कसरी गर्न सकिन्छ’ भन्नेबारेको विचार गोष्ठीका वक्ताहरुले मुलुकको […]
पोखरा । अन्नपूर्ण गाउँपालिकाले आर्थिक समृद्धि र विकासका लागि पर्यटनको विकास, ऊर्जा उत्पादन, सडक सञ्जाल विस्तारलगायत विषयलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाको बजेट, नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले आव २०७४÷७५ […]
काठमाडौँ । चिकित्सा क्षेत्रसंग आवद्ध विभिन्न दशवटा सस्थाले युनिभर्सल मेडिकलल कलेजको सम्बन्धन खारेज गर्न सरकारसंग माग गरेका छन् । योग्यताक्रम र लब्धाङ्क (मेरिट)का आधारमा भर्ना गर्न विसं २०७४ असार २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले दिएको […]
पोखरा । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले एकले अर्कोलाई गाली गलौज गर्ने प्रवृत्ति त्यागेर सबै एक ढिक्का भएर पार्टीलाई अगाडि बढाउन आग्रह गर्नुभएको छ । नेपाली काँग्रेसका नेता रामहरि जोशीको असामयिक निधनमा कास्की काँग्रेसद्वारा आज […]
नुवाकोट। मुलुकमा चलेको सशस्त्र दशवर्षे माओवादी युद्धमा पीडित भएका नुवाकोटका द्वन्द्वपीडितलाई स्थानीय शान्ति समिति नुवाकोट मार्फत राहत रकम उपलब्ध गराइएको छ । द्वन्द्वपीडितलाई पाँच वर्गमा विभाजित गरी ८५५ व्यक्ति तथा परिवारको लागि रु १२ करोड […]
चितवन। स्थानीय तहको निर्वाचन भएको दुई महिना पुग्दासमेत जिल्लाका अधिकांश उम्मेदवारले खर्च विवरण पेश गरेका छैनन् । भरतपुर महानगरपालिकाको मतगणना सम्पन्न भएको छैन भने अन्य ६ तहको निर्वाचन वैशाख ३१ गते सम्पन्न भएको थियो । जिल्ला […]
काठमाडौँ । सरकारले मुख्य सचिवमा राजेन्द्रकिशोर क्षेत्रीलाई नियुक्त गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव क्षेत्रीलाई वरिष्ठताका आधारमा मुख्य सचिवमा नियुक्त गरेको हो । […]