
काँकडभिट्टा । झापाको शरणामतिमा आज बिहान जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा शरणामति–४ निवासी ६० वर्षीया झुमा देवी भट्टराई रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर शर्माले बताउनुभयो । प्रवक्ता शर्माका […]
भोजपुर। ग्यास पड्किँदा भोजपुर जिल्लाको सदरमुकाम भोजपुरबजारमा भीषण आगलागी भएको छ । आज साँझ पाँच बजे बजारको भोटेपसलस्थित नीलम ज्वेलर्समा ग्यास पड्केपछि बजारमा आगो लागेको हो । अहिलेसम्म आगलागीबाट १५ भन्दा बढी पसल तथा स्थानीय […]
धनकुटा। धनकुटामा महिलाको नाममा घरेलु तथा साना उद्योग कार्यालयमा साना उद्योग दर्ता गराउने क्रम बढेको छ । महिलाका नाममा उद्योग दर्ता गराउँदा कार्यालयले अनुदान दिने भएपछि उद्योग दर्ता गराउने क्रम बढेको हो । दुई बर्ष […]
इनरुवा : सुनसरीको प्रकाशपुर गाविस-१ को बीच जङ्गलमा एकजना व्यापारीको शनिबार साँझ गोली हानी हत्या गरिएको छ। भारतबाट व्यापारको सिलसिलामा नेपालतर्फ आएका भारतको अररिया घुर्ना घर भएका मोहमद सिद्धकीको हत्या भएको सुनसरीका प्रहरी नायब उपरीक्षक […]
काठमाडौं, सरकारले सबै अस्पताल तथा स्वास्थ्य संस्थामा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सेवा दिए नदिएको बारेमा अनुगमन गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा सार्वजनिक बिदाको दिन […]
उर्लाबारी (मोरङ) । पथरीशनिश्चरे–८ जिरिखिम्तीका १२ वर्षीय क्यान्सर पीडित उत्सव धिमालको उपचारका लागि नगरभित्रका विद्यालयले रु एक लाख बढी सहयोग प्रदान गरेका छन् । टाउकाको क्यान्सर भएका उत्सवलाई बचाउनका लागि नगरभित्र रहेका आठ विद्यालयका विद्यार्थी, […]
इटहरी । डेङ्गुपीडित ३५ जनाको उपचार पछि धरान–१६ का अरु दुईजना पीडित थपिएका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अघिल्लो साता धरान–१६ की १३ वर्षीया जिना राईमा डेङ्गुको उपचारलगत्तै सोही वडाका १८ वर्षीय सवीन […]
काठमाडौँ। नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली भाषाको वर्णविन्यासमा उठेका विवादका आधारमा नेपाली बृहत् शब्दकोश २०७२ सच्याउने निर्णय गरेको छ । गत कात्तिक ३० गतेको प्राज्ञिक परिषद् बैठकले सो निर्णय गरेको आज आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले […]
खोटाङ। गुणस्तरीय र छिटो विकासका लागि जिल्ला विकास समिति खोटाङले ‘योजना सम्झौता अभियान’ सुरु गरेको छ । आर्थिक वर्षको अन्त्यतिर मात्र योजनाको सम्झौता गर्ने प्रचलनले जिल्लामा सञ्चालित अधिकांश योजना अधुरो रहने तथा सम्पन्न भएका योजना […]