Aamsanchar

राजनीति

बेनी,  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले प्रेसमाथि हस्तक्षेप नगर्न सरकारसंग आग्रह गर्नुभएको छ । नेपाल प्रेस युनियन म्याग्दीको सातौँ साधारणसभा तथा पाँचाँै अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले स्वतन्त्र र निष्पक्षरुपमा पत्रकारिता गर्ने वातावरण […]

आइतवार, असोज १४, २०७५

विराटनगर, गृहमन्त्री रामबहादुर थापा बादलले देश बिखण्डनको अभियानमा लागेका व्यक्ति र समूहलाई कारबाही भइरहेको बताएका छन्। विराटनगर विमानस्थलमा आइतबार मन्त्री बादलले देश टुक्र्याउँछु भन्नेहरू राष्ट्रघाती भएको बताउँदै उनीहरूमाथि गरिरहेको बताएका छन्। उनले भने, ‘मुलुकलाई टुक्र्याउने […]

आइतवार, असोज १४, २०७५

लमही,  प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले दाङ देउखुरीका पर्यटकीयस्थलको अवलोकन गर्नुभएको छ । उहाँले गढवा गाउँपालिका–८ को पर्यटकीय क्षेत्र ‘सिद्ध बाघनाथ बाबा जङ्गलकुटी’ र त्यस क्षेत्रका वनजङ्गलको आज अवलोकन […]

आइतवार, असोज १४, २०७५

विराटनगर, नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले राष्ट्र विरोधी गतिविधि गर्नेलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले राष्ट्रिय खण्डता अक्षुण्ण राख्नु सबै राजनीतिक दलको कर्तव्य भएको चर्चा गर्नुभयो […]

शनिवार, असोज १३, २०७५

बनेपा,  नेपाली काङ्ग्रेस पार्टीले सङ्घीय संरचनाअनुरुप पार्टी सङ्गठन निर्माण गर्न बनाएको विधान मस्यौदामाथि नेता कार्यकर्ताबाट सुझाव सङ्कलन गरेको छ । केन्द्रीय विधान मस्यौदा समितिको आयोजनामा धुलिखेलमा आयोजित दुई दिने सुझाव सङ्कलन कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताले […]

शनिवार, असोज १३, २०७५

न्यूयोर्क, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का विषयमा यसका सदस्य मुलुकहरूबीच कुनै विवाद नभएको तर यस सङ्गठनभित्र मतभेद रहेको र त्यसलाई हटाउन सकिने बताउनुभएको छ । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ […]

शनिवार, असोज १३, २०७५

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास सम्बन्धीमन्त्री धर्मेन्द्र प्रधानसँगको भेटमा नेपाल–भारतको पेट्रोलियम पदार्थसम्बन्धी निर्माणाधीन परियोजना छिट्टै सम्पन्न गर्न उहाँको भ्रमणले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । गृह मन्त्रालयमा आज भएको […]

शुक्रवार, असोज १२, २०७५

इटहरी, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले स्थानीय तहमा निर्वाचित पदाधिकारीको काँधमा सङ्घीयताको सफल कार्यान्वयन गर्दै जनतालाई समृद्धिको बाटोतर्फ अघि लैजाने महत्वपूर्ण जिम्मेवारी रहेको बताउनुभएको छ । मुख्यमन्त्री राईले गाउँपालिका महासङ्घ नेपालको प्रदेश नं […]

शुक्रवार, असोज १२, २०७५

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संसद्को वर्षे अधिवेशनबाट चिकित्सा शिक्षा विधेयक पारित नभए पनि सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन) को आठाँै वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनको […]

शुक्रवार, असोज १२, २०७५

काठमाडौँ,  खानेपानीमन्त्री बिना मगर ‘महात्मा गान्धी अन्तर्राष्ट्रिय स्वच्छता सम्मेलन’मा सहभागी हुन आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । महात्मा गान्धीको १५०औँ जन्मजयन्तीका अवसरमा भारत सरकारले आयोजना गरेको चार दिने सम्मेलनमा भाग लिन मन्त्री मगर […]

शुक्रवार, असोज १२, २०७५