Aamsanchar

राजनीति

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सुवास नेम्वाङले संविधान जारी गर्दा असन्तुष्ट हुनेहरु विस्तारै संविधानकै मातहतमा आउन थालेको बताउनुभएको छ । नेपाल कानून व्यवसायी परिषद्ले आज ललितपुरमा आयोजना गरेको २४औँ अधिवक्ताको प्रशिक्षण कार्यक्रममा उहाँले विस्तारै […]

शुक्रवार, साउन ४, २०७५

काठमाडौँ,  गृहमन्त्रालयले आमरण अनशनरत प्रा डा गोविन्द केसीका मागका सम्बन्धमा सम्बन्धित निकायबाट विधिपूर्वक समाधान हुने भन्दै शान्ति कायम राख्न आ–आफ्नो स्थानबाट संयमित रही भूमिका निर्वाह गर्न अपिल गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी जुम्ला […]

शुक्रवार, साउन ४, २०७५

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले तराईको समग्र विकासका लागि बृहत योजना बनाउने प्रस्ताव गर्नु भएको छ । राजपाका नेताहरुसँग बिहिबार  साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले सो प्रस्ताव गर्नु भएको हो । तराईको विकास, चुरे […]

शुक्रवार, साउन ४, २०७५

पोखरा, प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्नुभएको छ । पोखरा विश्वविद्यालयको १९औँ वार्षिक साधारणसभा समारोहका लागि पोखरा आउनुभएका उहाँले निर्माणाधीन विमानस्थल निरीक्षण गर्दै यहाँ भइरहेका कामबारे जानकारी लिनुभएको हो । […]

बिहिवार, साउन ३, २०७५

काठमाडौँ,  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अनशनरत चिकित्सक डा गोविन्द केसीको जीवन रक्षा र जायज माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै चिकित्सा क्षेत्रमा […]

बिहिवार, साउन ३, २०७५

काठमाडौं, तत्कालीन नेकपा एमाले र एकीकृत माओवादीबीच पार्टी एकीकरणभई बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी समितिको पहिलो बैठक असार २ मा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्यो। असार २६ मा नेकपा सचिवालय बैठक पनि त्यहीँ बस्यो। नेकपा […]

बिहिवार, साउन ३, २०७५

काठमाडौँ,  नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले चिकित्सा क्षेत्रको सुधारको माग गर्दै आमरण अनशन बसिरहनुभएका डा गोविन्द केसीका माग तत्काल सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन र हिल होम केयर प्रालिले संयुक्त रुपमा […]

बुधवार, साउन २, २०७५

काठमाडौँ,  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले चिकित्सा शिक्षा विधेयक अघिल्लो अध्यादेश (माथेमा आयोगको भावना र मर्म) अनुसार नै ल्याउन सरकारलाई आग्रह गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको काँग्रेस पदाधिकारी बैठकले […]

बुधवार, साउन २, २०७५

काठमाडौँ, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पहिरोबाट पर्वत जिल्लाको जलजला गाउँपालिकामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । अध्यक्ष तिमिल्सिनाले आज एक विज्ञप्तिमार्फत पहिरोबाट १७ वर्षीय विकास परियारको मृत्यु हुनुका साथै भीमलाल आचार्य, नारायणी आचार्य […]

बुधवार, साउन २, २०७५

खोटाङ,  जिल्लाका दशवटै स्थानीय तहका जनप्रतिनिधिले आफ्नो पहिचानको लागि पोशाक र प्रतिक चिह्न (लोगो) लागू गरिएको छ । पुरुष जनप्रतिनिधिको हकमा दौरा, सुरुवाल, कोट र नेपाली टोपी तथा महिला जनप्रतिनिधिको हकमा सारी, चौबन्दीचोली र कोटसँगै […]

बुधवार, साउन २, २०७५