
रुकुम, रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका जनप्रतिनिधिले कम्प्युटर सिक्न शुरु गरेका छन् । गाउँपालिका तथा वडाबाट हुने सिफारिस, निवेदनलगायतका काम कम्प्युटरबाट गर्नुपर्ने भएपछि वडाध्यक्षहरु, गाउँपालिकामा गठन भएका छ वटा विषयगत समितिका संयोजक र गाउँपालिका उपाध्यक्षले कम्प्युटर सिक्न […]
काठमाडौँ, सार्वजनिक यातायातलाई बाल श्रमरहित बनाउने अभियानअन्तर्गत छजना बालकको उद्धार गरिएको छ । श्रम कार्यालय वाग्मती, केन्द्रीय बालकल्याण समिति र बालअधिकारका क्षेत्रमा कार्यरत निकाय तथा संघसंस्थाको सहकार्यमा उपत्यकामा सञ्चालित सार्वजनिक यातायातका साधन (बस, मिनीबस, माइक्रोबस, […]
काठमाडौँ, महानगरीय प्रहरी परिसरले ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भई फरार रहेका दीपक मनाङेलाई पक्राउ गरी जेल चलान गरेको छ । विसं २०६१ वैशाखमा महाराजगञ्जस्थित चुफाङ रेष्टुरेन्टमा चक्रे मिलन भन्ने मिलन गुरुङलाई धारिलो हतियार […]
काठमाडौँ, मलेशियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमै धसिएर बन्द भएको अन्तर्राष्ट्रिय उडान आज मध्याह्नबाट चालु भएको छ । हिजो राति दुर्घटनामा परेको जहाजलाई तानेर त्यहाँबाट हटाएपछि अन्तर्राष्ट्रिय उडान सञ्चालन […]
[मीना घोरसाइने ] ताप्लेजुङ, ताप्लेजुङको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गत शनिबार पदयात्रा महोत्सव आयोजना गरियो । ताप्लेजुङ सरोकार केन्द्रले आयोजना गरेको सप्ताहव्यापी उक्त महोत्सव पाँचथरको वसन्तपुरबाट प्रारम्भ भई ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुगेर टुंगिएको थियो […]
बारा, महागढीमाई नगरपालिका बरियारपुरका जनप्रतिनिधिले आगलागी पीडित एक जोडीलाई आफ्नो व्यक्तिगत खर्चबाट आज विवाह गराइदिएका छन् । महागढीमाई–५ स्थित कवहीजब्दीमा यही वैशाख १ गते भएको आगलागीमा विवाह तयारीका लागि राखिएका लत्ताकपडा, नगद र खाद्यान्न सामग्री […]
काठमाडौँ, गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालय र सोअन्तर्गतका निकायका कर्मचारी तथा सुरक्षाकर्मीलाई परिचालित होइन स्वचालित भएर काम गर्न निर्देशन दिनुभएको छ । मन्त्रालयमा दोस्रो चौमासिक समीक्षा तथा गृह मन्त्रालयस्तरीय समस्या समाधान समितिको आजको बैठकमा गृहमन्त्री […]
काठमाडौं, प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६० तोला सुनसहित एक जनालाई पक्राउ गरेको छ । दुबई एयरको FZ 8017 नम्बरको उडानबाट नेपाल आएका H9803151 नं. को राहदानी वाहक भारतीय नागरिक रहमान सरफराजले जुत्तामा लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा ६० तोला […]
म्याग्दी, रामायणमा ‘खल’ पात्रका रुपमा परिचित रावणको जन्मभूमि मानिएको एवं हिन्दूहरुको पवित्र धार्मिक ग्रन्थ श्रीमद्भागवत महापुराणमा उल्लेख गरिएका विश्वका १५ वटा पवित्र तीर्थस्थलमध्येको एउटा तीर्थस्थल म्याग्दीको पौलस्त्य आश्रम प्रचारप्रसार र भौतिक पूर्वाधारको अभावमा गुमनाम रहेको […]