
डोटी – डोटीको शिखर नगरपालिका वडा नम्बर ९ मा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । मोबाइल चार्ज गर्ने क्रममा शिखर नगरपालिका-९ मल्लिसाँझकी ३० वर्षीया राधिका रोस्याराको करेन्ट लागेर ज्यान गएको […]
जनकपुरधाम – महोत्तरीमा बोक्सा–बोक्सी भएको आरोपमा देवर–भाउजूलाई कुटपिट र दुर्व्यवहार गरिएको छ। प्रहरीका अनुसार महोत्तरीको औरही नगरपालिका ९ अवलेशरामा ५० वर्षीय झप्सी ठाकुर र उनकी ५५ वर्षीया भाउजू सुनैना देवीलाई बिहीबार साँझ बोक्सा–बोक्सीको आरोप […]
संखुवासभा : चिचिला गाउँपालिका–२ दिदिङमा खुकुरी प्रहारबाट एक जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीका अनुसार दिदिङका ५० वर्षीय दुर्गाबहादुर गुरुङ गम्भीर घाइते भएका हुन्। बिहीबार साँझ ७ बजेतिर […]
विराटनगर – बोक्सीको आरोपमा महिलामाथि निर्घात कुटपिट भएको छ। विराटनगर महानगरपालिका ८ की ५४ वर्षीया रफिना खातुन बोक्सीको आरोपमा निर्घात कुटिएकी हुन्। उनलाई आफ्नै छिमेकीले बिहान घरमा चिया खाइरहेका बेलामा चारजना आएर गत असोज १९ […]
बैतडी – महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेका छन् । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका-१ की १३ वर्षीया मीना साउद रहेकी छन् । यस्तै शिवनाथ-१ कै आठ वर्षीय सन्दीप […]
काठमाडौं : बझाङको बित्थडचिर गाउँपालिका वडा नम्बर–३ का वडाध्यक्ष नरबहादुर बोहराको निधन भएको छ। बोहराको आज विहान निधन भएको गाउँपालिका उपाध्यक्ष जानकी बोहराले जानकारी दिइन्। दमका बिरामी उनको डडेल्धुरा अस्पतालमा निधन भएको उपाध्यक्ष बोहराले […]
विभिन्न बहानामा भारतबाट नेपाल भित्रिएर मगन्तेको भेषमा सार्वजनिकस्थलमा पैसा माग गर्ने मगन्तेलाई पर्सा प्रहरीले निरुत्साही गर्न थालेको छ । देशकै आर्थिक राजधानी वीरगञ्ज बजार आसपास क्षेत्रमा भारतबाट आएका मगन्तेलाई प्रहरीले नियन्त्रण गर्न अभियान चलाएको हो […]
मुगु – घरभित्र राखेको भरुवा बन्दुक खेलाउँदा खत्याड १० वर्षीय बालकको मृत्यु भएको छ । खत्याड गाँउपालिका—१० डुमान गाँउका परे रावलको घर भित्र भरेर राखेको भरुवा बन्दुक खेलाउँदा सोही वडाका अमरसिंह रावलका छोरा विकास रावलको […]
कास्की – प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१७ बिरौटा बस्ने ४२ वर्षीय सुरेश तामाङ र बारा कोल्बी नगरपालिका-१ कोल्बी बस्ने २६ […]