Aamsanchar

छोरीले गरिन् आमाको बिवाह

Author Image
शनिवार, वैशाख ४, २०७३

bibaha copy
बिर्तामोड, बैशाख ४ । आमा वुवाले आफ्ना छोरा छोरीको विवाह गरिदिएको तपार्इं हामी सबैले देखे सुनेका छौं । तर, आफैंले जन्माएकी छोरीले आमालाई अन्माइन् भन्दा तपार्इंलाई पत्यार नलाग्न सक्छ !
तर, यो यथार्थ हो । झापाको बिर्तामोड नगरपालिका–७ बिर्तामोड निवासी ३७ वर्षीया अम्विका कार्की शिवाकोटीको विवाह छोरी १८ वर्षीया अप्सना शिवाकोटीले गरिदिएकी हुन् । भारतको राजस्थानका प्रकाश राहुल खटवानीसांग अप्सनाले आमा अम्विकाको विवाह गरेर शुक्रवार अन्माएकी छन् । एक वर्ष अघि सामाजिक सञ्जाल फेसवुक मार्फत उनीहरुको चिनजान भएपछि त्यो सम्बन्ध प्रेममा बद्लिएको थियो ।
अप्सनाले आफ्नी आमा र प्रकाशबीचको प्रेम सम्वन्ध बढ्दै गएको थाहा पाएपछि सामाजिक परम्परा अनुसार झापाको शनिअर्जुन नगरपालिकामा रहेको पूर्वको पशुपतिनाथका नामले परिचित अर्जुनधारा जलेश्वरधाममा आमाको विवाह गर्दै अन्माएकी हुन् । धाम परिसरमा अप्सनाले हिन्दू संस्कार अनुसार नै आमा अम्विका र प्रकाशबीचमा विवाह गराएपछि हेर्नेको घुाइचो नै लागेको थियो ।
सामाजिक संघसंस्थामा सक्रिय अम्विका अहिले वीरता लेडी जेसीज बिर्तामोड, गोदावरी समाज लगायत थुप्रै संघसंस्थामा आवद्ध छिन् । सामाजिक क्षेत्रकी अगुवा अम्विकाको विवाह छोरीले गर्दै छिन् भन्ने सुनेर धाम परिसरमा धेरै स्थानीयवासी उपस्थित भएका थिए ।
आफ्नै विवाह गर्ने उमेरमा किन गरिन् त आमाको विवाह अप्सनाले ? धेरै जनाको प्रश्नको सहजै र हाासीहाासी उत्तर दिादै अप्सनाले भनिन् – आमालाई गाह्रो नहोस् भनेर मैले आमाको विवाह गरिदिएकी हुा ।
अम्विकाको विवाह २०५३ सालमा बिर्तामोड निवासी खगेन्द्र शिवाकोटीसांग भएको थियो । तर, उनीहरुको दाम्पत्य जीवन धेरै दिन टिक्न सकेन ।
२०६७ सालमा खगेन्द्रको आफ्नै घरको छतबाट झरेर दुखद् निधन भएपछि अम्विका र अप्सना मात्र घरमा बस्दै आएका थिए । अक्थ्थोलोजी (नेत्र रोग विशेषज्ञ) अध्ययनको सिलसिलामा अप्सना पनि भारतको वेङ्लोरमा गएपछि अम्विका पछिल्लो समय एक्लै बस्दै आएकी थिइन् ।
बिर्तामोडमा नै व्यवसाय सञ्चालन गर्दै आएकी आमालाई म अध्ययन गर्न भारत गएपछि असहज नहोस् भनेर आमा र मेरो सल्लाहमा नै मैले उहााको विवाह गरिदिएकी हु –अप्सनाले भनिन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 287

प्रतिक्रिया (०)

सम्बन्धित खबर