Aamsanchar

पचास लाखको जग्गादान

Author Image
बिहिवार, वैशाख २३, २०७३

ilam_district

इलाम, २३ वैशाख । इलामको एकतप्पा गाविसमा सञ्चालित एकतप्पा बहुमुखी क्याम्पसको नयाँ भवन निर्माणका लागि स्थानीय नौजनाले १४ रोपनी जग्गा निःशुल्क दान गरेका छन् । क्याम्पसको भवन निर्माणका लागि समाजसेवी तथा स्थानीय बासिन्दाले एकतप्पामा रु ५० लाख मूल्य बराबरको जग्गादान गरेका हुन् ।

एकतप्पा–३ का भीमबहादुर श्रेष्ठ, वडा नं ४ का तीर्थराज मिश्र, देवीचरण पौडेल, पिताम्वर पौडेल, केदारनाथ खनाल, गणेशप्रसाद नेपाल, ऋतुकान्त खनाल, वडा नं ५ का नन्दकुमारी श्रेष्ठ र रामचन्द्र खनालले जग्गादान गर्नुभएको हो ।

भवन अभावमा क्याम्पस सिंहदेवी उच्च माविमै बस्नुपर्ने बाध्यता रहेको छ । २०७१ सालदेखि सञ्चालन भइरहेको बहुमुखी क्याम्पसलाई प्राप्त जग्गामा भवन निर्माण सुरु गरिने शिक्षक खगेन्द्रप्रसाद भट्टराईले जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 428

प्रतिक्रिया (०)