

विराटनगर, । वैदेशिक रोजगारको लागि इराक पठाउन लागिएका दुई महिलालाई प्रहरीले उद्धार गरेको छ ।
सिन्धुपाल्चोकको फुल्पिङकोट–८ की शुभलक्ष्मी तामाङ र धादिङको छेत्रेदेउराली–७ की लक्ष्मी तामाङलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
काठमाडौंबाट बुद्धएयरको विमानबाट मङ्गलबार विराटनगर आएकी ती दुई महिलालाई सोधपुछ गर्दा दिल्लीको बाटो भएर इराक जाने जानकारी प्राप्त भएको थियो ।
ती दुई महिलाको अभिभावकलाई प्रहरीले बोलाई आज जिम्मा लगाएर घरतर्फ पठाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 422