Aamsanchar

चुरोटको बट्टामा उजुरी……

Author Image
बिहिवार, वैशाख २३, २०७३

cccc

जुम्ला, २३ वैशाख । सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य मञ्चला झाले पीडितले चुरोटको बट्टामा लेखेर दिएको उजुरी पनि बुझ्ने बताउनुभएको छ ।

जिल्लास्थित मानव अधिकारवादी, स्थानीय शान्ति समितिका पदाधिकारी, नागरिक समाजका अगुवा तथा पत्रकारसँगको छलफल कार्यक्रममा सदस्य झाले यो कुरा बताउनुभएको हो । आयोगको समयावधि मात्र नौ महिना रहेको बताउँदै उहाँले परेका उजुरीको सवालमा दिनरात गरेर भए पनि काम गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “आयोग गठन भएको १४ महिना भयो, एकातिर सरकारले नियमावली ल्याउन सात महिना ढिला ग¥यो भने अर्कोतिर भारतीय अघोषित नाकाबन्दीले अवरोध ल्यायो जसका कारण आयोगले अपेक्षित कामगर्न सकेको छैन ।” सङ्क्रमणकालीन न्याय गर्न यो आयोग गठन भएको हो, यसले अपराध शास्त्रलाई जन्माउँदैन, बरु मेलमिलाप र क्षमादान गर्छ, सदस्य झाले थप्नुभयो । मुलुकका आठवटा गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घनका घटनालाई सूचीबद्ध गराइएको बताउँदै उहाँले सङ्क्रमणकालीन न्यायका लागि हदम्याद लाग्न नहुने तर्क गर्नुभयो ।

उहाँका अनुसार आयोगको यो काम पूरा गर्न तथा शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन निर्वाध अघि बढिनेछ, तर सही कार्यान्वयन नभए त्यसको निगरानी राष्ट्रिय मानव अधिकार, प्रेसजगत् र नागरिक समाजले गर्नेछ ।

आयोगमा ५०औँ हजार मुद्दा पर्न सक्छन्, एक÷एक गरेर हेर्न नभ्याइने, तर विशेष प्रकृतिका मुद्दा भने सबै हेरिने उहाँको भनाइ थियो । त्यसका लागि आयोगले विज्ञ व्यक्तिलाई करारमा लिने, बजेट, जनशक्ति तथा अन्य आवश्यक स्रोत, साधनको व्यवस्था गर्नुपर्ने उहाँले बताउनु भएको छ । यो महाअभियानमा सबैले साथ सहयोग दिन उहाँले अपिल गर्नुभएको छ । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 300

प्रतिक्रिया (०)

सम्बन्धित खबर