Aamsanchar

लडेर एक भारतीयको मृत्यु

Author Image
बिहिवार, वैशाख २३, २०७३

hatya1

उर्लाबारी (मोरङ), २३ वैशाख । मोरङको उर्लाबारीमा आज बिहान लडेर एक भारतीय नागरिकको मृत्यु भएको छ ।

बिहान ५ः३० बजे उर्लाबारी–६ मा मोहमद अमहुल्लाको कवाडी पसलमा काम गर्दै आएका भारत पश्चिम बङ्गाल ठाना इट्टाथहर घर भएका ४० वर्षीय इस्माइल हकको घरबाट निस्किएर चिया खान जानेक्रममा लडेर मृत्यु भएको हो ।

बिहान बर्षाको समयमा चिप्लिएर लड्न पुगेका हकको निधारमा चोट लागेको थियो । उनको उपचारका क्रममा स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र मङ्गलबारेमा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)