Aamsanchar

सीडीओ’सावलाई क्यान्सर

Author Image
शुक्रवार, वैशाख २४, २०७३

cdo
काठमाडौं, बैशाख २४। झापामा समेत कुशलतापूर्वक जिम्मेवारी पूरा गरेका पूर्व प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्मालाई फोक्सोको क्यान्सर भएको छ ।
शर्मा डेढ महिनादेखि क्यान्सरका कारण अस्वस्थ भई उपचाररत् छन् । राजीव गान्धी हस्पिटल दिल्लीबाट उपचारपछि उनी हाल काठमाडौं–४ धुम्बाराही दीपज्योति मार्गस्थित आफ्नै निवासमा ‘रेस्ट’मा रहेका छन् ।
२०६८ फागुन २ देखि २०७० बैशाख १७ गतेसम्म उनले झापामा प्रमुख जिल्ला अधिकारीको रूपमा सेवा गरेका थिए । झापाबाट चितवन सरुवा भएका ६० बर्षीय शर्मा उमेरहदका कारण २०७१ भदौ ५ गते सेवाबाट निबृत्त भएका थिए । शिक्षा विभागबाट सरकारी सेवा गरेका उनले २८ बर्ष गृह प्रशासन र १५ वटा जिल्लामा प्रमुख जिल्ला अधिकारीका रूपमा सेवा गरिसकेका छन् ।
सुर्खेतको पोखरी कााडाका वासिन्दा शर्मा २०५८ पछि काठमाडौंमा बसोबास गर्न थालेका हुन् । जागिरे जीवनमा उनका भोगाई समेटेर तयार पारिएको करिब ३०० पृष्ठको पुस्तक अटो वायोग्राफी ‘सीडीओ साव’ यही बैशाख २९ गते विराटनगरमा विमोचन गर्ने कार्यक्रम समेत रहेको जनाइएको छ ।
उनी इमान्दार र निष्ठावान राष्ट्रसेवकको रूपमा परिचित छन् । क्यान्सरका कारण थलिए पनि समाजसेवामा सक्रिय हुने आफ्नो इच्छा रहेको आमसंचारकर्मीसागको भेटमा उनले बताए । सकारात्मक सोच, निष्पक्ष व्यवहार र सेवाग्राहीसागको समदुरी राख्दै आफ्नो जिम्मेवारी कुशलतापूर्वक पूरा गर्ने सफल सीडीओको रूपमा उनी परिचित छन् ।
व्यक्तिगत स्वार्थ छोडेर राष्ट्रिय स्वार्थमा केन्द्रित हुनुपर्ने र देश विकासमा अघि बढ्न सबै लाग्नुपर्नेमा उनको जोड रहेको छ । ‘जनतालाई विकास र समृद्धि चाहिएको छ, राजनीति बढी भो, अब अर्काको खेलौना नबनौं’– अस्वस्थताकाबीच राष्ट्रप्रतिको गहिरो चिन्तामा रहेका उनले भने– ‘असल राजनीति र समृद्धि अहिलेको आवश्यकता हो ।’ उनले परिवर्तनको शुरुवात आफैबाट शुरु गर्नुपर्नेमा समेत जोड दिएका छन् । श्रीमती देवकुमारी शर्माका साथ दुई छोरी र एक छोरी छन् उनका छोराहरू एक जना नेपाली सेना र अर्का नेपाल बैंक लिमिटेडको उपप्रबन्धक तथा छोरी प्रतिभा शर्मा रहेका छन् ।
फोक्सोको क्यान्सरका कारण उपचारमा रहेका पूर्व प्रमुख जिल्ला अधिकारी शर्माको स्वास्थ्य लाभको कामनाका लागि विभिन्न जिल्लाबाट शुभचिन्तकहरू भेटघाटमा जाने गरेको पारिवारिक स्रोतले जनाएको छ । घरमै पुग्न नसक्नेले शर्माको घरको टेलिफोन नं. ०१–४४४३९८२ र ९८५११३५७९९मा समेत फोन गरी स्वास्थ्यलाभको कामना गरिरहेको बुझिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 244

प्रतिक्रिया (०)

सम्बन्धित खबर