Aamsanchar

पेस्तोलसहित चार पक्राउ

Author Image
शनिवार, वैशाख २५, २०७३

pes

सुन्दरदुलारी (मोरङ), २५ वैशाख । मोरङको विराटनगरबाट शुक्रबार राति एक थान पेस्तोलसहित चार जना पक्राउ परेका छन् ।

‘मेड इन युएसए’ लेखिएको पेस्तोल र सो पेस्तोलको म्याग्जिनसहित सर्लाही कविलाशी–८ का ३० वर्षीय मनिषकुमार यादव, विराटनगर–१३ का २९ वर्षीय वैभव अर्याल, विराटनगर–११ का २३ वर्षीय उत्सव रिजाल र सोही ठाउँ बस्ने ३३ वर्षीय सन्दीप प्याकुरेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनीहरुलाई गोप्य सूचनाका आधारमा राति १० बजे विराटनगर– १० स्थित एक होटलबाट पक्राउ गरिएको हो । पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 332

प्रतिक्रिया (०)

सम्बन्धित खबर