विसं २०७२ फागुन ७ गते राति ६ वर्षीया बालिकालाई अपहरण गरी मनोहरा फाँटको खेतमा लगेर पटक/पटक बलात्कार गरेर गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ परेका श्रेष्ठलाई न्यायाधीश लिप्तबहादुर थापाको एकल इजलासले हिजो उक्त फैसला गरेको हो ।
अदालतले श्रेष्ठबाट रु एक लाख जरिवाना असुल गर्ने र पीडितलाई रु एक लाख क्षतिपूर्ति भराउने फैसला समेत गरेको अदालतका श्रेस्तेदार हरिकृष्ण श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी तीन जना बालिकालाई भक्तपुरको जगातेस्थित हबनव रेस्टुराँमा लगेर बलात्कार गरेको अभियोगमा पक्राउ परेका सिन्धुपाल्चोक सागाचोक गाविस–७ घर भई हाल मध्यपुरथिमि नगरपालिका–१५ बस्ने वर्ष २५ का कविराज थापा र सोही ठाउँका प्रवीण कार्कीलाई पनि अदालतले पूर्पक्षका लागि कारागार चलान गरेको उनले बताए ।