Aamsanchar

साइबर युद्ध गर्न चीनले बनाउदैछ सेना

Author Image
शनिवार, जेठ १, २०७३

china

चीनले आफ्नो सेनामा सुधार गर्ने र सन् २०२० सम्म  साइबर युद्ध गर्न सक्षम सेना बनाउने बताएको छ।

चीनको केन्द्रिय सैनिक आयोगले प्रकाशन गरेको ५ वर्षे योजनाले पिपल्स लिबरेसन आर्मीलाई विश्वस्तरको सैनिक शक्ति बनाउनु उक्त आयोगको उद्देश्य रहेको बताएको छ।

करीब २० लाख सैनिक कार्यरत रहेको चीनको सेना संसारको सबैभन्दा ठूलो हो।

४ वर्ष भित्रमा इन्टर्नेट सञ्जालमा हुने साइबर युद्धमा भाग लिन सक्षम हुने उद्देश्यले उसले सूचना प्रविधि र कम्प्युटर प्रविधिमा आफ्नो दक्षता बढाउँदैछ।

३ लाख सैनिक घटाएर र अझै आधुनिक हातहतियारमा लगानी गरेर सेनाको युद्ध कौशल छरितो बनाउन चाहेको चीनको नेतृत्वले बताएको छ।

चीनियाँ सेनामा अहिले बीस लाख सैनिकहरु छन्।

पूर्वी र दक्षिणी चीन सागरमा भूभागबारे जारी विवादको प्रतिक्रियामा चीनका वायु र नौसेनामा थप श्रोत साधन केन्द्रित गरिनेछन्।

पूर्वी र दक्षिण चीन सागरमा छिमेकीहरुसंग भूभागसंबन्धी विवाद जारी रहँदा चीनले नौसेना तथा वायु सेनामा पनि थप लगानी गर्ने बताइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 318

प्रतिक्रिया (०)

सम्बन्धित खबर