Aamsanchar

हिरोइनसहित छ जना पक्राउ

Author Image
शनिवार, जेठ १, २०७३

pakrau

इटहरी । सुनसरी जिल्लाको धरान उपमहानगरपालिका– १४ विजयपुरगढीस्थित पिण्डेश्वर चोकबाट प्रहरीले शुक्रबार साँझ अवैध हिरोइनसहित छ जना लागुऔषधका कारोबारीलाई पक्राउ गरेको बताएको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार अवैध लागुऔषध हिरोइनको कारोबारी समूहबीच विवाद भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ परिचालित प्रहरीले ९ ग्राम २८० मिलिग्राम हिरोइन बरामद गरेको छ ।

अवैध लागुऔषध ओसारपसार तथा बिक्री वितरण कारोबारमा गिरोह नै सक्रिय रहेको हुनसक्ने स्थिति देखिएकाले अहिले नै पक्राउ परेकाको नाम सार्वजनिक गर्न नमिल्ने पनि प्रहरी नायब उपरीक्षक खतिवडाले थप जानकारी दिनुहुँदै उनीहरुलाई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखेर अनुसन्धान भइरहेको बताउनुभयो । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 249

प्रतिक्रिया (०)