Aamsanchar

​अमेरिका जान अब बैंक स्टेटमेन्ट र धनीपूर्जा पेश गर्नु नपर्ने

Author Image
मङ्गलवार, जेठ ४, २०७३

usa

काठमाडौँ ।

काठमाडौँस्थित अमेरिकी दूतावासले पर्यटक र विद्यार्थी भिसाका आवेदकका लागि कागजी प्रक्रिया घटाउने भएको छ ।

जेठ १९ गतदेखि लागु हुने गरी पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिहरूले भिसाको अन्तर्वार्ताका लागि उपस्थित हुँदा आवश्यक थोरै मात्र कागजपत्र ल्याए पुग्ने नेपालमा रहेको अमेरिकी दुतावासले जनाएको छ ।

आवेदकहरूलाई सम्भावित छलकपटबाट जोगाउनका साथै उनीहरूको पैसा र समय बचत होस भनेर अबदेखि बैंक मौज्दात विवरण, जग्गासम्बन्धी कागजात, निमन्त्रणा पत्र वा त्यस्तै अन्य कागजपत्र पेश गर्नु पर्दैन । यसअघि यस्ता कागजात अनिवार्य पेश गर्नु पर्ने व्यवस्था थियो ।

अमेरिकी दूतावासले अन्तर्वार्तामा ल्याइएका सम्पूर्ण शैक्षिक ट्रान्स्क्रिप्टहरूको प्रमाणीकरण गर्ने स्पष्ट पारेको छ । कन्सलटेन्सीहरूले भिसा दिलाइदिने वाचासहित आवेदकहरूबाट उनीहरूको पहिचानसम्बन्धी लगायत गोप्य सूचना (जो भिषा आवेदनका लागि अनावश्यक) समेत लिने गरेको भन्दै दुतावासले सचेत पनि गराएको छ ।

जेठ १९ गते लागु हुने गरी पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिहरूले पेश गर्नु पर्ने कागजातहरु :

  • राहदानी
  • पुराना राहदानी
  • DS-160 कन्फर्मेशन पेज
  • आवेदन शुल्क भुक्तानी रसिद
  • फोटो
  • I-20 (विद्यार्थी भिसा आवेदकका लागि)
  • ट्रान्स्क्रिप्ट (विद्यार्थी भिसा आवेदकका लागि)
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर