Aamsanchar

धमाधम एसएलसी उत्तरपुस्तिका केन्द्रमा

Author Image
बुधवार, जेठ ५, २०७३

भक्तपुर –

एसएलसी परीक्षाका उत्तरपुस्तिका परीक्षण पछि केन्द्रमा आउने क्रम शुरु भएको छ । बुधबार सम्म ५ वटा केन्द्रका उत्तरपुस्तिका केन्द्रमा आईसकेको परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले जानकारी दिए ।
विद्यार्थीले उत्तर लेखेका कापी परीक्षणका लागि परीक्षा नियन्त्रण कार्यालयले देशभर ६६ वटा उत्तरपुस्तिका परीक्षण केन्द्र निर्धारण गरेको छ ।

देशभरका परीक्षण केन्द्रबाट जेठ १० गते भित्र सबै उत्तर पुस्तिका केन्द्रमा आईसक्नु पर्ने गरी कार्यालयले आन्तरिक कार्यसूचि बनाएको छ । ‘यो एउटा प्रकृया हो, कतिपय केन्द्रले परीक्षण सकेर पठाएका उत्तरपुस्तिका बाटोमै रहेको खबर पाएका छौं’ उनले भने, ‘सुरक्षा, गोपनीयता र विश्वसनीयतालाई ध्यान दिएर काम गर्नु पर्ने विषय भएकोले कार्यालय यस विषयमा संवेदनशील भएर कार्य गरीरहेको छ ।’ अहिले सम्मको अवस्था हेर्दा तोकिएको समयमा काम सक्ने कुरामा आफू विश्वस्त रहेको उनको भनाई छ ।

गत चैत १८ गतेबाट शुरु भएको यस बर्षको प्रवेशिका परीक्षा (एसएलसी) २६ गते सकिएको थियो । परीक्षामा सहभागि हुन ६ लाख १५ हजार ५ सय ५३ जना परीक्षार्थीले फारम भरे पनि कति विद्यार्थी सहभागी भए भन्ने यकिन तथ्याङ्क सबै प्रकृया पुरा भएसँगै सार्वजनिक गरिने काप्रीले बताए ।

लेटरग्रेडिङमा परीक्षाफल प्रकाशित हुने यस बर्षको एसएलसी परीक्षाका लागी देशभर १ हजार ९ सय ४३ परीक्षा केन्द्र तोकिएका थिए ।

विद्यार्थीको ब्यक्तिगत विवरणमा हुने त्रुटि सच्याउने मेमो संकलनको काम पनि संग संगै हुने उनको भनाई छ । कार्यालयले यस बर्ष देखि  एसएलसी दिने विद्यार्थीले आफूले भरेको व्यक्तिगत विवरण गल्ति भए नभएको परीक्षा सकेकै दिन थाह पाउने गरी परीक्षामा सहभागि सबै विद्यार्थीको विवरण सहितको ’मेमो’ उपलब्ध गराएको थियो । उक्त ’मेमो’मा विद्यार्थीको नाम, थर, जन्म मिति र परीक्षा दिने विषय उल्लेख गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर