Aamsanchar

जग्गा दाइजो नपाउदा बिहे भाडियो,बेहुला फरार,बुवा पक्राउ

Author Image
बिहिवार, जेठ ६, २०७३

daijo

पर्सा । दाईजोमा जग्गा नदिएको निहुमा विवाह गर्न नमानेका बेहुलाका पितालाई आज जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ ।

पर्साको लखनपुर गाविस–४ का बेहुलिका पिता मथुरा साह कानुले दिएको निवेदनका आधारमा प्रहरीले पर्साको महुवन–३ का गणेश साहलाई पक्राउ गरेको हो ।

दाइजोमा जग्गा नदिएको भन्दै बेहुला हरिशंकर साहका पिता गणेश साहले वैशाख १७ गते हुने भनिएको विवाह गर्न नमानेको भन्दै बेहुलीका पिता मथुरा साहले दिएको उजुरीको आधारमा बेहुलाका पितालाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जनाकारी दिनुभयो ।

उहाँले दाइजो लिनु र दिनु दुवै दण्डनीय अपराध रहेकाले दाइजोकै निहुमा विवाह गर्न नमानेका गणेश साहमाथि सामाजिक व्यवहार सुधार ऐन २०३३ अन्तर्गत मुद्दा चलाउने बताउनु भयो ।

बेहुला हरिशङकर फरार रहेको र उनको खोजी भइरहेको उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । बेहुलिका पिता मथुरा साहले दाइजोवापतको रु ५० हजार बेहुला पक्षलाई पहिले नै दिएको र सकार गरेको तीन कठ्ठा जग्गा बैंकमा धितो भएका कारण समयमा दिन नसकेपछि विवाह भाडिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर