Aamsanchar

सिलिन्डर पड्किँदा मृत्यु

Author Image
शुक्रवार, जेठ ७, २०७३

gyas-bisfot

 

ललितपुर ।

ललितपुर उपमहानगरपालिका–१९ स्थित हौगलटोलमा आज अक्सिजन सिलिन्डर ग्यास पड्किँदा हौगल बस्ने ४० वर्षीय धु्रव ताम्राकारको अपराह्न २ बजे मृत्यु भएको छ ।

हौगलस्थित कृष्णगोविन्द ताम्राकारको चारतले भवनको भुइँ तल्लामा सञ्चालित तामा–पित्तलको वाइरिङ कारखानामा ग्यास चुहावट भएर सिलिन्डर पड्किँदा चार जना गम्भीर घाइते भई पाटन अस्पतालमा लगिएकामा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता किशनसिंह थापाले बताउनुभयो ।

घाइते हुनेमा सोही स्थानका सुरेश ताम्राकार, राजेश ताम्राकार र कविना ताम्राकार छन् । रहेका सुरेश र राजेश ताम्राकारको शरीरको अधिकांश भाग जलेकाले बोल्न नसक्ने अवस्थामा छन् भने अर्की घाइते कविना सामान्य अवस्थामा छिन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 191

प्रतिक्रिया (०)

सम्बन्धित खबर