![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![apaharan](http://aamsanchar.com/wp-content/uploads/2016/05/apaharan-300x164.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
वीरगन्ज ।
व्यापारी अपहरणको अभियोगमा पक्राउ परेका दुई प्रहरी जवानसहित चारजनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
वीरगन्ज उपमहानगरपालिका–१९ निवासी राजेशकुमार साह कानुलाई अपहरण गरी चार लाख रुपैयाँ फिरौती लिएको अभियोगमा पक्राउ परेका वीरगन्ज–१८ निवासी प्रहरी जवान अरविन्द सिंह, प्रहरी जवान विनय सिंह, दीपक सिंह र वीरगन्ज–१४ निवासी भगवान् सिंहलाई अदालतले अर्को आदेश नभएसम्मका लागि वीरगन्ज कारागारमा पठाउन आदेश दिएको हो ।
गत चैत १३ गते चारैजनालाई पक्राउ गरी अपहरण तथा शरीर बन्धकी मुद्दा दाखिला गरेकोमा बिहीबार पर्सा जिल्ला अदालतको ८ नम्बर बेन्चका न्यायाधीश राजेन्द्र नेपालको एकल इजलासले चारैजना आरोपीलाई पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
व्यापारी अपहरणको अभियोगमा पक्राउ परेदेखि ५६ दिनसम्म जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका चारैजनालाई आजै कारागारमा सारिएको उपरीक्षक श्रेष्ठले बताउनुभयो ।