Aamsanchar

सडकमा भेटिएको चकलेट खाँदा बेहोश

Author Image
शुक्रवार, जेठ ७, २०७३

uncossious__890060925

 

महोत्तरी ।

महोत्तरीको सीतापुरमा सडकमा फालेको चकलेट खाँदा एकजना व्यक्ति बेहोस भएका छन । आज बिहान सडकमा फालिएको चकलेट खाँदा सीतापुर भङ्गहा–८ का राजनारायण यादव बेहोस भएका हुन् ।

आज बिहान घरको अगाडि भेटिएको चकलेट सुनैनादेवीले आफ्ना पति राज नारायणलाई खान दिएको र सो खाएपछि बेहोस भएको प्रहरी चौकी सीतापुरले जनाएको छ ।

चकलेट खाएको आधा घन्टापछि बेहोस भएका यादवको उपचार स्थानीय माँ जानकी क्लिनिकमा भइरहेको प्रहरी नायब निरीक्षक मोहम्मद नुरुलले जानकारी दिनुभयो । सो सम्बन्धमा छानबिन भइरहेको प्रहरी नायब निरीक्षक नुरुलले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर