
झापा कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाको सिमाना भएर बग्ने खोला कन्काई माई पुल । यो नदी मेची अञ्चलको सबैभन्दा ठूलो नदी हो। इलाम हुदै बग्ने प्रमुख चार नदी जोगमाई,माई, पुवामाई र देउमाई नदी मिसिएर बनेको छ। यो नदी महाभारत पर्वत श्रृङ्खला बाट उत्पत्ति भई झापा जिल्लाको दोमुखा क्षेत्रबाट तराइमा प्रवेश गर्दछ र कोशी नदीमा मिलेर बंगालको खाडीमा पुग्दछ। पूर्व पस्चिम लोकमार्गमा पर्ने कन्काई नदी पुलको लम्बाई ७०३ मीटर लामो छ र नेपालको सबैभन्दा लामो पूल पनि हो। तस्वीर:विनोद पाण्डे/आमसंचार
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
Views: 248