

जापानको राजधानी टोकियोमा समलिंगीहरूको कुम्भमेला आयोजना भएको छ। उक्त कुम्भमेलामा विश्वभरका ७० हजार समलिंगी सहभागी थिए। ‘रेन्बो प्राइड २०१६’ नाममा आयोजित उक्त कुम्भमेलामा समलिंगीहरु विभिन्न् रंगीबिरंगी र अनौठो तथा भड्किलो पहिरनमा सजिएका थिए । जापानले विगत छ वर्षयता हरेक वर्ष यसरी नै समलिंगीहरूको कुम्भमेला आयोजना गर्दै आइरहेको छ । समलिंगीहरुको स्वास्थ्य अधिकारका विषयमा मेला आयोजना गरिएको बताइएको छ ।
Views: 261

