Aamsanchar

अनुसन्धनका कर्मचारीद्धारा हुनेवाला बेहुलीको अपहरण

Author Image
आइतवार, जेठ ९, २०७३

apahan
इनरुवा

राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीमा कार्यरत कर्मचारी विरेन्द्रकुमार उरावले नरसिंग गाविस वडानंन ९ घर भएकी एक युवतीलाई
शुक्रबार अपहरण गरेका छन् ।सिरहामा रहेको  भिनाजुको घरमा बस्दै आएकी युवतीलाई उरावले घरबाट बाहिर आएको मौका छोपेर अपहरण गरेको पििडतका  परिवारले बताएका छन् । असार १३ गते विवाहको मिति तय भएर विवाहको तयारीमा लागिरहेको अवस्थामा नरसिंह ९कै सञ्जय साहको सहयोगमा उरावले युवतीलाई अपहरण गरेको परिवारको दावी छ ।

युवतीले शुक्तबार १२ बजेर ९ मिनेटमा उनका मगेतर सरोज साहलाई मलायृ बचाउनुस भनेर फेन गरेको र त्यसपछि युवतीको मोवाइल पनि अफ भएको र शनिबार दिउँसो इलाका प्रहरी कार्यालय लहानले अनुसन्धानका सुनसरी एसपी नरेन्द्र दहाल ले युवतीलाई आफ्ना कर्मचारी
उरावले लगेको भनेर जानकारी गराएको पीडित परिवारले बताएको छ । इप्रकाका प्रहरी नयवउपरीक्षक राजकाुमार केसीले पनि एसपी दाहालले आफ्नो कर्मचारीले युवतीलाई लगेको भनेर भनेको बताए ।

उराव र साहकै मिलेमतोमा अढाइ बर्ष अगाडि युवतीका दाजु रुपेशको अपहरण भएको थियो र हालसम्म पनि रुपेशको अवस्था परिवारले जान्न सकेको छैन । सो घटनाको मुद्धा अहिलेपनि अदालतमा छ । उनिहरुले युवतीको परिवारलाई मानसिक  यातना दिने र सम्पत्ती कब्जा गर्ने नियतले युवतीको पनि अपहरण गरेको दावी परिवारको छ । परिवारले उराव र साहलाई खोजि कारवाही गर्न र युवतीलाई खोजि गरेर ल्यइदिन भन्दै जिल्ला प्रशासन कार्याल सुनसरीमा आइतबार उजुरी दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 233

प्रतिक्रिया (०)

सम्बन्धित खबर