Aamsanchar

भारतीय कामदारको भरमा मोरङका इँटा उद्योग

Author Image
सोमवार, जेठ १०, २०७३

 

मोरङ ।bricks-factory

मोरङको उर्लाबारीमा रहेको बगाले थापा इँटा उद्योगले वार्षिक १५० देखि २०० भारतीय कामदार ल्याउने गरेको छ । सो उद्योगका व्यवस्थापक मोति बुल रहमानका अनुसार स्वदेशमा कामदारको अभावले विदेशबाट ल्याउनुपर्ने बाध्यता रहेको हो ।

सो इँटा उद्योगमा काम गर्ने राजकुमारी थारुले एक इँटा बनाएबापत ५० पैसा पारिश्रमिक पाउँछिन् । उनले दैनिक दुई हजार ५०० देखि तीन हजार इँटा बनाउने गरेकी छिन् । जति इँटा बनाउन सक्यो उति आम्दानी गर्न सकिने र राम्रो फाइदा रहेको उनको भनाइ रहेको छ ।

नेपालमा आएर सात महिनाको कमाइले वर्षभरिलाई खान र बस्न पुग्ने उनीहरुको भनाइ छ । थारुकै जिल्लाबाट आएका देवासी राया, जितेन, श्याम भुलेयालगायत अन्य थुप्रै भारतीयको परिवार विगत पाँच वर्षदेखि यस उद्योगमा निर्भर बनेको छ ।

उनीहरुमध्येका ज्येष्ठ सदस्य ५५ वर्षीय जितेन मुखिया पातरियाको रुपमा काम गरेको दुई दशक भएको छ । यो सात महिने समयावधिमा खर्च कटाएर एक व्यक्तिले करिब रु ६५ हजारसम्म आम्दानी गर्ने गरेको मुखिया बताउनुहुन्छ ।

स्वदेशमा काम भएन भन्दै बिलौना गर्ने विदेशी रहेका छन् भने ती विदेशिनेका लागि जितेन, राजकुमारी जस्ता अन्य धेरै भारतीय प्रेरणाको स्रोत भन्न सक्ने स्थानीयवासीको भनाइ छ ।

स्वदेशमा श्रम गर्न लजाउने र विदेशमा सोही काम मन लगाएर गर्नेका लागि यो गतिलो उदाहरण हुनेमा दुईमत छैन । स्वदेशमै रोजगारीको सम्भावना हुँदाहुँदै विदेशिनेले यो कुरामा ध्यान दिनु जरुरी रहेको उर्लाबारीका पारस पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो “म पनि कुनै बेला विदेशिएको एक नेपाली हुँ, तर आज आफ्नै देशमा आफ्नै काम गरिरहेको छु ।”

कोसी अञ्चलमा ४५ इँटा उद्योग सञ्चालित छन् । ती इँटा उद्योगमा सात हजार भारतीय मजदुर प्रयोग गरिरहेको कोसी इँटा व्यवसायी सङ्घले जनाएको छ । सङ्घले भारतीय कामदार लिन गएको नभई उनीहरु आफैँ आएको दाबी गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 373

प्रतिक्रिया (०)

सम्बन्धित खबर