Aamsanchar

विवाहमा झगडा हुँदा …

Author Image
सोमवार, जेठ १०, २०७३

भोजपुर।

images

  विवाहमा झगडा हुँदा भोजपुरको दक्षिणी खैराङ गाविसमा एक युवकको मुत्यु भएको छ ।

खैराङ–५ का २७ वर्षीय वीरेन्द्र राईको विवाहमा झगडा हुँदा मृत्यु भएको हो । गत जेठ ६ गते बिहीबार राति करिब १ बजेतिर विवाहस्थलमै झगडा हुँदा राई गम्भीर घाइते भएका थिए ।

उनलाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा शुक्रबार बाटैमा निधन भएको प्रहरीले जनाएको छ ।

हत्या आरोपमा खैराङका आठजना पक्राउ परेका छन् । पक्राउ परेका आरोपीलाई आइतबार सदरमुकाम ल्याई हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

हत्याका आरोपीहरुलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर