Aamsanchar

सगरमाथामा यस वर्ष चारको मृत्यु

Author Image
मङ्गलवार, जेठ ११, २०७३

सोलुखुम्बु ।

everest

गत वैशाख २९ गतेदेखि सुरु भएको सगरमाथा आरोहणका क्रममा अहिलेसम्म चार आरोहीको ज्यान गएको छ ।

यस मौसमको आरोहण सुरु भएको पहिलो हप्ता कसैको पनि ज्यान गुमाउनु नपर्दा आरोहणप्रति उत्साहित बनेका आरोही गत बिहीबार २५ वर्षीय फुर्वा शेर्पाको ज्यान गएपछि निरास बने । त्यसपछि अरु तीन जनाले ज्यान गुमाएर हालसम्म यस वर्ष सगरमाथामा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नयाब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।

शुक्रबार ३६ वर्षीय डच एरिक अर्नाल्डको सगरमाथा चुचुराबाट फर्कने क्रममा ज्यान गएको थियो भने शनिबार अस्ट्रेलियाको मोनास विश्वविद्यालयका प्रा मारिया स्ट्रिडको चुचुरो पुग्नुअघि चौथो क्याम्पमा ज्यान गयो । यस्तै आइतबार ४४ वर्षीय भारतीय सुवास पउलको दोस्रो शिविरमा नै ज्यान गएको प्रहरीको भनाइ छ ।

गएको दुई वर्ष सगरमाथामा ठूलो मानवीय क्षति हुँदा आरोहण अवरुद्ध थियो । सन् १९५३ मा तेन्जिङनोर्गे शेर्पा र एडमन्ड हिलारीले सगरमाथा आरोहण गरेपछि हालसम्म २०० भन्दा बढीले सगरमाथामा ज्यान गुमाइसकेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर