Aamsanchar

प्रचण्डलाई तीन दिनभित्र अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश

Author Image
मङ्गलवार, जेठ ११, २०७३

काठमाण्डौं ।index

अदालतको अवहेलनासम्बन्धि मुद्दामा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई तीन दिनभित्र उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ ।

द्वन्द्वकालीन मुद्दामा आफ्नो पार्टीका नेताहरुलाई अदालतले फसाउन खोजेको भन्ने दाहालको अभिव्यक्तिले अदालतको अवलेहना भएको भन्दै दिनेश त्रिपाठीले उनीविरुद्द जेठ ३ गते मुद्दा दायर गरेका थिए ।

सर्वोच्चकी कायममुकायम प्रधानन्याधीश सुशीला कार्कीको इजलासले दाहाललाई उपस्थित हुन आदेश दिएको हो । अवहेलना मुद्दामा १ वर्ष जेल र ५० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

Views: 324

प्रतिक्रिया (०)

सम्बन्धित खबर