Aamsanchar

स्मार्ट लक्ष्मीपुर बनाउन व्लक नं. ४ को समिति अध्यक्षमा पाण्डे चयन

Author Image
बुधवार, जेठ १२, २०७३

b
{विर्तामोड झापा कनकाई नगरपालिका र शनिअर्जुन नगरपालिकाको संगम स्थल लक्ष्मीपुरलाई स्मार्ट लक्ष्मीपुर बनाउने अभियानमा गठन भएको शुन्दर लक्ष्मीपुर विकास समाज मुल समितिले एक भेला मार्फत बल्क नं। ४ कोकार्यसमति चयन गरेको छ । मुल समितिका डम्बरप्रसाद घिमिरेको सभापतित्य र मुल समिति अध्यक्ष लिलाबहादुर कटुवालको प्रमुख अतिथ्यमा सम्पन्न भेलाले स्थानिय युवा तथा संचारकर्मी विनोद पाण्डेको अध्यक्षतामा १७ जनाको कार्यसमिति गठन गरेको हो । अध्यक्ष वाहेकका सदस्यहरु नव गठित समितिको पहिलो बैठक वाट छनौट गर्नेगरी अर्जुन रेग्मी, रमा डा“गी, इन्द्र दाहाल, भिमप्रसाद नेपाल, रुद्र खतिवडा, उर्दमाया कार्की, जीवन खड्का, विद्यानन्द चौधरी, खेमकुमारी आचार्य, गोपिनाथ उप्रेती, पुष्प भट्टराई, ईन्दिरा महतरा, चित्रबहादुर दर्नाल, मिलन चम्लागाई, रुपा फुयाल, शान्ती पौडेल सर्बसम्वत चयन भएका छन । कार्यक्रममा स्थानिय सामाजीक अगुवाहरु छविलाल लम्साल, नेत्र नेपाल, सूर्य रिमाल, गोपाल प्रर्साई, दिपेन्द्र लम्साल, देवेन्द्र थापा, दिपेन लिम्बु, सुनिता सिग्देल,यसोदा मैनाली लयातको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन मुल समितिका प्रवक्ता वीरबहादुर चौहानले गरेका थिए । सहरा नेपालले अघीसारेको अवधारणा अनुसार सामाजिक उत्तरदायित्वमा संस्थाले गने{ लगानी शुन्दर लक्ष्मीपुर निर्माण अभियानमा लगानी गने{ र  स्थानिय जनताले दैनिक ३ रुपैयाको दरले हुन आउने बार्षिक ११०० सय अभियानकालागी लगानी गर्नेछन । सरकारी स्रोतवाट प्राप्त सहयोग र सहारा साकोस अनी स्थानिय जनताले उठाएको रकमवाट छोटो समयमा धेरै विकासका काम गर्ने उदेश्य राखेको सुरु गरिएको अभियान अन्तरगत पक्की सडक , सडक बत्ती, ढल निकास, शाखा सडक किनारमा व्वस्थित बृक्ष रोपण, मिनी पार्क ९उदयान० फ्रि वाईफाई ईन्टरनेट सेवा, बस स्टेण्ड स्थान्तरण, धुलो रहित चौक सडक,चेतना मुलक सुचना बोर्ड राख्ने लगायतका धेरै काम गर्ने  उदेश्यका साथ शुन्दर लक्ष्मीपुर समाजको गठन गरिएको सहरा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्र गिरीले जानकादरी दिनु भयो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर